निगम नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना

 

काठमाडौँ। नेपाल वायुसेवाको कार्यकारी अध्यक्ष युवराज अधिकारी नियुक्ति हुनु भएको छ। शुक्रबार निगममा आयोजित स्वागत एंव छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तथा थप नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना रहेको बताउनु भयो ।
विगत १२४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्वन्धि उहाँले विदेशस्थित कर्मचारीको कटौति भएको तलव भत्ता कटौती नगर्ने र अस्वाभाविक रुपमा बृद्धि गराइएको कार्यकारी प्रमुखको तलव आफूले नलिने घोषणा गर्नुभयोे साथै जारी आन्दोलनको अन्त्य निचोडको लागि वार्तामा आउन आव्हान गर्नुभयो । भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय लिन सबै सरोकारवाला निकाय र सबै कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने वाचा गर्नुभयो । तिनवटै ट्रेड युनियनहरुले उहाँको छोटो मन्तव्य पछि स्वागत गरेका थिए ।
कार्यक्रममा उहाँले राष्ट्रिय ध्वजावाहकलाई अवतरणको क्रममा आकाशमै होल्ड गरिराख्ने र नीजि÷विदेशी वायुयानलाई चाँडो पालो दिने परिपाटिको अन्त्यको निमित्त सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने व्यक्त गर्नुभयो ।
निगमका लागि आफ्नो लामो अनुभवको सदुपयोग गर्दै वर्तमान कार्यकारी अध्यक्षज्यूबाट संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यवस्थापनका उच्चसोच र कर्मचारीमा सामुहिक सक्रियताले संस्था प्रगतितर्फ लाग्ने बताउनु भयो ।

………………..

Loading...