नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न,२३६ केन्द्रीय सदस्यमा

पुष १८, काठमाडौँ   । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभिन्न क्लष्टर मिलाएर २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम हलमा प्रस्ताव गर्नु भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी २३६ जना केन्द्रीय सदस्यको नाम पेश भएको छ ।  बाँकी पदाधिकारी […]

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं,१३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म […]

शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितीमा राख्न अन्तरिम आदेश

काठमाडौ, पुस १३ । पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो। लोकसेवा आयोगले २०७६ मा गरेको […]

निर्वाचन तयारीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौँ । सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार मन्त्रीहरु, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे छलफल भएको छ । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका […]

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो […]

सर्लाहीमा प्रहरीको गाडीमा आगजनी

सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले सोमबार प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् । सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का […]

माओवादी कहाँ–कहाँ चुक्यो भन्ने गम्भीर आत्मसमीक्षा गर्दै नयाँ विचार विकास गर्छौः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् । आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाविधेशनको ठूलो अंश यसबाट सफल भइसकेको समेत बताए । ‘महाधिवशेनका ठूलो भाग भइसक्यो । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो । यो […]

माओवादी केन्द्रको महाधिवेशनः भोलि ११ बजेदेखि बन्दशत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा प्रधानन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सहभागी थिए। यसैबीच महाधिवेशनको बन्दशत्र भने भोलि बिहान ११ बजेदेखि प्रज्ञा भवनमै शुरु हुने भएको छ । […]

एमसीसी राष्ट्रघाती छैन, छिट्टै पास हुन्छः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए । ‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त […]

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता

काठमाडौं । प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालबीच एकता भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा भएको एक औपचारिक समारोहमा दुई संगठनबीच एकता घोषणा भएको हो । एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरु एकठाउँमा आउनुको विकल्प […]