काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल […]
मुख्य समाचार
थन्किएको रेलको पुनः परीक्षण
जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल […]
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ
काठमाडाैं, पुस २४ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। कोरना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकोले उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको बताइएकाे छ। चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको […]
नारायणहिटी दरबार संग्राहलय परिसरमा रेस्टुरेन्ट सञ्चालन विवाद : छानबिन गर्न समिति गठन
पुस २२,काठमाडौँ – नारायणहिटी दरबार संग्राहलयको परिसरमा स्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विवादित बिषय छनबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सम्मिलित समिति गठन […]
सात वटै प्रदेशमा सत्ता गठबन्धनलाई जिताउन समन्वय समिति गठन
पुस २२,काठमाडौँ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले सात वटै प्रदेशमा सत्ता गठबन्धन पक्षलाई जिताउन समन्वय समिति गठन गरेको छ । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ । यसै गरि बैठकले प्रधान मन्त्री शेरबहादुरको भारत […]
उम्मेदवारले ३ लाख ५० हजारभन्दा धेरै खर्च गर्न नपाउने
पुस २१ ,काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी […]
चिसोले कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख […]
प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् […]
बालुवाटार जग्गा प्रकरणका मुख्य व्यक्ति ढकालविरुद्ध राजस्व चुहावटमा पनि २ अर्बको मुद्दा
काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणका रुपमा परिचित ललिता निवासको सरकारी जग्गा खरिदबिक्रीका प्रमुख नाइके शोभाकान्त ढकाल राजस्व चुहावटमा पनि तानिएका छन्। उनीसहितका व्यक्तिहरुविरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्ब ४० करोडको सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको हो। विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा […]
६ दिनअघि हिमपहिरामा पुरिएका छन्त्याल अझै भेटिएनन्
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । ‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’, […]











