आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस्

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई भनेको छ। आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति निकालेर सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन्। ‘२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ […]

कञ्चनपुरमा मसला सम्झेर खानामा ‘विषादी’ हाल्दा एकै परिवारका ५ जना बिरामी

धनगढी, ११ माघ । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्। विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी […]

नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै

काठमाडौं, ११ माघ । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि […]

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा […]

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि […]

भीमफेदी कारागारमा एक थुनुवाको लडेर मृत्यु

हेटौंडा, ११ माघ। शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो। कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप […]

बारामा दुलाहा–दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु, १२ घाइते

वीरगञ्ज, ११ माघ । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा(दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका–३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु […]

सुनाकोठीको चोरिएको मूर्ति खोज्न अनुसन्धान टोली गठन

ललितपुर, १० माघ । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनले भने, ‘प्राविधिक सहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग […]

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन । सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए । निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले […]

यी पाँच प्रमुख कारणले नेपालको अर्थतन्त्र जोखिममा रहेको विश्व आर्थिक मञ्चको पहिचान

काठमाडौं । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२२ मा नेपालका लागि पाँचवटा जोखिम पहिचान गरेको छ। यस वर्ष मञ्चले सार्वजनिक गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ले नेपाल विभिन्न पाँच कारणले जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। मञ्चका अनुसार जोखिम १ अन्तर्गत नेपालले काम गर्ने उमेरका जनसङ्ख्या लागि कामको सम्भावना र मापदण्डको संरचनात्मक ह्रासको सामना […]