उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । […]

प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए गृहमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या भएपछि मंगलवार साँझ उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री […]

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

interpol

काठमाडौं, इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश […]

पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान

काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली […]

भू–माफियाको चंगुलमा परेर सडकमा पुगेको भन्दै न्यायको लागि अवाले परिवारको अपिल

काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ । न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी […]

आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर […]

काठमाडौंमा नक्कली नोट

काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो। […]

स्पा सेन्टरका संचालक पौडेल पक्राउ

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । संचालक पौडेल संगै प्रहरीले सेन्टरबाट २ नाबालिका र १ युवतीलाई समेत उद्दार गरिएको जानेको छ । उक्त स्पा सेन्टरमा काम […]

स्रष्टा तथा समाजसेवीहरूलाई अनेसास बोस्टनको सम्मान

१५ औँ देवकोटा जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा आयोजित साधारणसभा तथा स्रष्टा सम्मान समारोह संयुक्त राज्य अमेरिकास्थित बस्टनको नेपाली मन्दिरमा एक भव्य समारोहबीच सम्पन्न भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकारद्वय महेश्वर पन्तको “उडेका पैताला” र अनु शाहको कविता कृति “अनुराग”को […]

देशैभरका शाखा मार्फत पत्रकार महासंघले कान्तिपुरलाई १ रुपैयाँ चन्दा अभियान चलाउने

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ । छलफलमा सहभागीहरुले ऐन बनेको ३ दसक बित्दा पनि कार्यान्वयन नहुँदा पटक पटक समस्या देखिने गरेको बताए । महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले सरकारले ऐन कार्यान्वयन गराउन उदासिन भएको बताए । कान्तिपुरको श्रम […]