केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल

काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् । यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको […]

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु गर्ने राष्ट्रिय परीक्षा वोर्डको घोषणा

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो। गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो। कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार […]

बाह्र सय वर्ष पुरानो हल्जी गुम्बाका टावाहरूलाई बन्दोवस्ती सामानहरूको अभाव

हुम्ला । हुम्ला–हुम्ला नाम्खा गापाको उच्चस्थानमा रहेको १२ वर्ष पुरानो गुम्बाका पुजारी तथा गुम्बाको पूजाआजाका लागि बस्ने ब्रह्मचारी अर्र्थात टावाहरुलाई यो वर्ष खाद्यान्न, नुन, तेल तथा गुम्बाको पूजाआजाका लागि चाहिने बन्दोबस्तीमा सामानहरुको अभाब रहेको छ । मासिक दुई लाखसम्म खर्च लाग्ने यो गुम्बामा हाल स्थानीय गाउँलेहरुमो दान, दातव्य, ध्वाँगे अर्थात् पारिवारिक दान र टावाहरुले गर्ने […]

हुम्लामा चार अलपत्र बालबालिकाको उद्दार गरी अविभावकहरूको जिम्मा

हुम्ला । सहारा अन्तिराष्ट्यि बालगृह र केअर बालगृह काठमाण्डौंमा अलपत्र परेका हुम्लाका चार बालबालिकाहरूलाई हिमाली नवीन समाजको सहजीकरणमा उद्दार गरी जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अविभावकहरूलाई जिम्मा लगाईको छ । लामो समयदेखि बालबालिको उद्दारको काममा लागेको हिमाली नवीन समाजले बालबालिको क्षेत्र विभिन्न प्रकारका काम गर्दै आएको छ । विशेषतः बालबालिकाको उद्दार र पुर्नःमिलनको काममा उदाहरणीय […]

कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

कोरोनाका कारण लोकसेवाले गर्यो सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू […]

देशभर ३७९० संक्रमित भेटिदा, काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं, ३ कार्तिक । सोमवार नेपालमा थप ३७९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १५७१४ नमूना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुष गरी ३७९० जना संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको दर अझै बढिरहेको जनाएको छ । सोमवार काठमाडौं उपत्यकाका […]

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो […]

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत […]

काठमाडौं उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]