
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा जोड दिए ।
“सर्वसम्मतिपूर्ण रुपमा मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग अपरिहार्य छ,” राष्ट्रपति पौडेलले भने ।
सञ्चारमाध्यमहरुमा राष्ट्रपति पौडेललाई नेपाली सेनाका सेनापति अशोकराज सिग्देल राजिनामा दिन भनेको र उनले त्यो स्वीकार नगरेको सार्वजनिक भएको थियो र त्योसंगै संविधान पक्षधरले माइतीघर लगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए ।







