काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनले आफू अत्यन्त मर्माहत बनेको बताएका छन् । उनले भनेका छन्– ‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा पाण्डेले पुर्याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।’ प्रचण्डले शोकसन्तप्त परिवारजन, आफन्त […]
मुख्य समाचार
डडेलधुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
कैलाली । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको […]
आजको मौसम : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको […]
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति जोशी र रजिस्ट्रार चन्दद्वारा पदभार ग्रहण
धनगढी । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पदभार सम्हाल्दै उपकुलपति जोशी र रजिस्ट्रार चन्दले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका […]
विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो । निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा […]
बिगत ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति
काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ। पछिल्ला नौ दिनदेखि जारी आन्दोलनपछि दुवै पक्षबीच सहमति जुटेको हो। मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरको त्रितियागाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। यात्रा बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने समझदारी बनेको थियो। […]
तोलामा ३१ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको […]
६७ करोडमा बिक्री भयो सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी
न्यूयोर्क । सन् १९५८ को फिफा विश्वकप फाइनलमा ब्राजिलका महान् फुटबलर पेलेले लगाएको जर्सी न्यूयोर्कमा आयोजित सोधबीज कम्पनीको लिलामीमा ४.९ मिलियन अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैंया) मा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो । यसअघि सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध चर्चित ‘ह्यान्ड अफ गड’ […]
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
काठमाडौँ । शुक्रवारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ । सरकारले कतिपय पुराना कर हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ। कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी […]
मिटरब्याज पीडित र सरकारी टोलीबिच आज निर्णायक छलफल हुँदै
काठमाडौँ । सरकारी वार्ता टोली र काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधिबिच आज (शुक्रबार) निर्णायक वार्ता हुने भएको छ ।बिहीबार साँझ पहिलो चरणको छलफल सकिएको र शुक्रबार बिहान ९ः३० बजे दोस्रो चरणको वार्ता हुने तय भएको छ । यसअघि जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि बिहीबार साँझ हवाई […]











