हेटौँडा, २८ असोज । ६२ औँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अर्पण गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा […]
मुख्य समाचार
भाषा आयोग र प्रदेश प्रमुखको सुविधा सम्बन्धी विधेयक पारित
काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे । विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ । बैठकले ‘भाषा […]
सिंहदरवारभित्रै विद्यार्थीले शिक्षामन्त्रीलार्इ एक घन्टा थुने
काठमाडौं, २७ असाेज । शिक्षा एेनकाे नवाैं संशाेधन २०७४ काे विराेधमा उत्रिएका विद्यार्थीहरुले अाज उपप्रधान तथा शिक्षामन्त्रीलार्इ सिंहदरवारभित्रै एक घन्टा कार्यकक्षमा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनले थालेकाे अान्दाेलनका क्रममा अाज सिंहदवार पुगेका विद्यार्थीहरुले शिक्षामन्त्री गाेपालमान श्रेष्ठलार्इ कार्यकक्षबाट बाहिर निस्कनै नदिएर एक घन्टा थुनेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र महासचिव दिपेन्द्र चलाउने, […]
भारतीय झण्डा रहेको टोपी नेपाल प्रहरीको शिरमा
काठमाडाै, २७ असाेज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्। […]
राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्र
काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब […]
विराटनगर आाएर विजयकुमार गच्छदारले पत्रकारसंग पार्टी एकताबारे खोले मुख
विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी […]
भवन भट्टलार्इ टक्कर दिन एनआरएनएमा जमुनाको अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडाैं, २६ असोज । शनिवारबाट गैर अावासीय नेपाली संघकाे अाठाैं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि उम्मेदवारीहरु पनि धमाधम घाेषणा भइरहेका छन् । यसै त्रःममा जमुना गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेकी छन् । बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै गुरुङले अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी हुन् । दुर्इ वर्षका लागि हुने नयाँ कार्यसमितिका […]
कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा
त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]
यसरी गाडिएका छन नेपाल प्रहरीमाथि शक्तिराष्ट्रका आँखा
काठमाडौं उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल […]
खुमबहादुर खड्कालार्इ कानुन नलाग्ने कांग्रेसकाे दावी
काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्लघन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ । दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले […]











