एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर […]
मुख्य समाचार
मत च्यातेर छोरीले हराएका देवी ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बन्दै
काठमाडौं, २९ असाेज । राजनिती संभावनाहरुको खेला हो भन्ने कुरा फेरी एकपटक प्रमाणीत भएको छ । जसको कारण भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका […]
किन बनाए माअाेवादी केेन्द्र र एमालेले कांग्रेसप्रति अाक्रामक घोषणापत्र ?
काठमाडौँ, २९ असोज । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र तयार भएको छ । ३१ पृष्ठ लामो घोषणापत्रमा आफूहरुको आगामी कार्यक्रमसहित अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । पृष्ठ ९ मा आफ्ना प्रतिस्पर्धी अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । घोषणापत्रमा नेपाली काँग्रेस नेपालका ठूलो पूँजिपति वर्गको पार्टी भएको उल्लेख छ । “काँग्रेसले […]
संसद सकिनेबत्तिकै उपसभामुख यादव राप्रपा छाडेर एमालेमा
काठमाडौं, २९ असोज । संसदको आयु सकिएसँगै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपाको तर्फबाट व्यवस्थापिका संसदको उपसभामुखमा निर्वाचित भएका यादव आइतबार विहानै एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममा यादवले आफू कम्युनिस्ट विचारबाट प्रभावित भएको भन्दै एमालेमा प्रवेश गरे । संसदको अवधि शनिबार […]
प्रचण्डको एमालेमा पतन अनिवार्य थियो
असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे । केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र […]
पुन्यमको ‘जले–जले म जले तिम्रो प्यारमा’ सार्वजनिक
काठमाडौ, २८ असोज । पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रमबीच उक्त गीतको लोकार्पण भएको हो। चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण […]
कुनै हालतमा पनि चुनाव जित्ने सपना साकार पार्न सरकार नछोड्ने निर्णयमा प्रचण्ड
काठमाडाैं, २८ असाेज । सरकारबाट हट्दा चुनाव अनिश्चित हुने तर्क गर्दै नेकपा (माअाेवादी केन्द्र)ले सरकारबाट तत्काल नहट्ने निर्णय गरेकाे छ । राजधानीमा माअाेवादी केन्द्रका शीर्ष नेताहरुकाे शनिबार बिहान बसेकाे बैठकले याे निर्णय गरेकाे हाे । माअाेवादी केन्द्रले सरकारबाट हट्दा देशमा अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेकाे छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको […]
पुल बनाउन छाडेर तीन वर्षदेखि ठेकेदार वेपत्ता
जाजरकोट, २८ असोज । जाजरकोट–डोल्पा सडकखण्डको वैरिताल चिसापानीबीचमा रहेको भेरी नदीमा पुल चार वर्षदेखि निर्माण हुन नसक्दा सर्वसाधारणलाई समस्या हुँदै आएको छ । दुवै किनारा अर्थात् चिसापानी वैरितालमा पिल्लरको निर्माणसमेत पूरा नहुँदा कामले गति लिन नसकेको हो । पिल्लर अधुरै छाडेको तीन वर्ष बितेको छ । पुलको स्लापलगायत अन्य कामको अत्तोपत्तो छैन । सडक विभाग […]
पयर्टन सुन्दरी बन्न २३ युवती छानिए
काठमाडौँ, २८ असोज । मिस टुरिजम–२०१७ का लागि २३ प्रतिस्पर्धीले अडिसन दिएका छन् । आगामी कात्तिक १८ गते आयोजना गर्ने उक्त प्रतियोगिताका लागि आज सम्पन्न भएको अडिसनमा काठमाडौँ, पोखरा र चितवनका गरी जम्मा २३ जना युवती प्रतिस्पर्धीले अडिसन दिएको आयोजक प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए । अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी […]
पत्रकार महासंघले चैतभित्र सबै प्रदेशको निर्वाचन गर्ने
काठमाडौँ, २८ असोज । नेपाल पत्रकार महासङ्घको संघीय संरचनाअनुसार आगामी चैतभित्र महासङ्घका १० वटै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार दुई दिन बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले संविधानअनुसार महासङ्घका संरचनालाई पूर्णता दिनका लागि सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए […]











