काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० […]
मुख्य विशेष
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ- राष्ट्रपति पौडैल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने […]
विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। […]
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् । महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
सडक विस्तारका क्रममा गयो स्काभेटर चालकको ज्यान
काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्गमा सडक विस्तारका क्रममा भएको दुर्घटनामा एक स्काभेटर चालकको ज्यान गएको छ। आज अपराह्न करिब ३ बजे सडक चौडा बनाउने क्रममा ट्रयाक खन्ने बेलामा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। उक्त घटनामा चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली स्काभेटरको क्याबिनभित्रै […]
खेलकुदका २७ जना पदाधिकारी पदमुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। यससँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। यससँगै खेलकुदमा राजनीतिक नियुक्त लिएकाहरू पनि पदमुक्त भएका छन्। जसमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त भएका […]
जर्मनीबाट ५ हजार सेना फिर्ता गर्दै अमेरिका
काठमाडौँ । अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ। इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ। यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको […]
अमेरिकी विशेष दूत राजनीतिक भेटघाटमा व्यस्त, आज क-कसलाई भेटे ?
काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ […]
आज फेरि ३ हजार घट्यो सुनको मूल्य, चाँदी कति ?
काठमाडौं । दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार […]
आजदेखि सुरु भयो कक्षा १२ को परीक्षा
काठमाडौँ । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् । परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।











