विश्वमा सबैभन्दा बढी काेराेना संक्रमित अमेरिकामा

काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।  अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन्। उनले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसङ्घले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। महासचिवले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि […]

चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार […]

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार […]

घरबाट निस्कन नपाइने, लकडाउन उल्लंघन गरे ६ महिना कैद

काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न सरकारले अाज चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई ‘लकडाउन’ गरेको छ । याे अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उलंघन गरे ६ महिना कैद सजाय हुन सक्ने बताइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले […]

शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ […]

१९ वर्षे नेपालीमा कोरोना संक्रमण पोजेटिभ– ‘टेकुमा उपचार हुँदै’

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका छन् ।सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् । उनले […]

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित

Narendra-Modi

काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]

कोरोनाको त्रासले जेलमा भागदौड मच्चिदा २३ को मृत्यु

काठमाडाै‌ । कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो। कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा […]