जीप दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० गम्भीर घाइते

सर्लाही । सर्लाहीकाे नवलपुर- मलङ्गवा सडकखण्डमा सडक दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० जना गम्भीर घाइते भएका छन् ।  चमेली माई मन्दिर नजिक जीप दुघर्टना हुँदा जीपमा सवार सर्लाहीको प्रमुख नापी अधिकृत सञ्जय मानन्धरसहित १० जना गम्भीर घाइते भएका हुन्।                             […]

अब सांसदहरुको विद्युतीय हाजिरी गरिने, हाजिरी विवरण वेवसाइटमा सार्वजनिक गरिने

काठमाडौं । अब सांसदहरुको विद्युतीय हाजिरी गरिने भएको छ । साथै उपस्थिति सहित संसदका सबै विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब सबै सांसदहरुको बिद्युतीय हाजिरी राख्ने तयारी भएको जानकारी दिएका हुन् । सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि सभामुखले बताएका छन् । सोमवार […]

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेको छ। ०.७० प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको हो । सोमबारको बजारमा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रूपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा आज […]

बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक

काठमाडौँ । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर […]

धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]

ग्यालेक्सी टिभीका मालिक राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौं । ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । बिभिन्न सहकारीमा अर्बौ रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका राईका विरुद्ध डिफ्यूजन नोनिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको सचिवालयलाई अनुरोध गरी पत्राचार गरेको हो । केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी […]

उपत्यकामा यसवर्षकै जाडो, २ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ […]

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]

माओवादी नेतृत्व रहेको मरिण गाउँपालिका वित्तीय सुशासनमा सर्वोत्कृष्ट

marin gaupalika

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FIDUCIARY RISK ASSESSMENT) मा सिन्धुली जिल्लाको मरिण गाउँपालिका उच्चत्तम अंक हासिल गर्दै प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकन गर्दा देशैभरका स्थानीय तहमा मरिण गाउँपालिका सर्वोत्कृष्ट भएको हो ।  कार्यविधि नै बनाएर स्थानीय तह वित्तीय सुशासन जोखिम […]

भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

 विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]