राजनीतिक विद्रोहलाई अपराधिक हिंसाका रुपमा बुझ्नु ऐतिहासिक भूल

विप्लव नेतृत्वको नेकपाका विरुद्ध नेपाल सरकारले गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको घोषणा सञ्चारमाध्यममा सरकारले छाप्न दिएपछि नेपालको राजनीति अर्को चरणमा प्रवेश गरेको छ । यो भनेको अब नेपालमा विधिवत ढंगले नयाँ द्वन्द्व शुरु भएको सरकारको स्वीकारोक्ति हो । नेकपा गठबन्धन सरकारले सो पार्टीलाई अपराधिक समूह घोषणा गरिनुले दूरगामी अर्थ राख्दछ […]

काभ्रेको काफ्लेडाँडाबाट विप्लवका चार नेता पक्राउ

काठमाडौं, ६ चैत । मंगलबार राती काभ्रेको काफ्लेडाँडाबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ । गएराती काभ्रेको रोशी गाउँपालिका अन्तर्गत काफ्लेडाँडामा गोली चलेको खबर आएको थियो । दुबै पक्षबीच गोली हानाहान भएको भन्ने समाचार आए पनि त्यसबारे केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर, […]

प्रतिबन्धपछि नेकपाका कार्यालय नियन्त्रणमा लिँदै सरकार

बुटवल, ५ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले धरपकड बढाउँदै गएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएर देशभर नेकपाका कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको सरकारले सो पार्टी निकट रहेका व्यवसायीहरुलाइ पनि अनावश्यक दुख दिन थालेको खबर आएका छन् । यसैबीच रुपन्देहीको बुटवलमा रहेको नेकपाको कार्यालय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ […]

सीमाका नेपालीको जग्गा भारतीयले गरे कब्जा

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत […]

योगेश पर्यटनमन्त्रीमा इन; विना, शक्ति, रघुविर आउट, अर्थमन्त्री फेर्ने नफेर्नेमा विवाद

काठमाडौं, ३ चैत । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि […]

विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ललितपुरस्थित कोठाबाटै गिरफ्तार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ गिरफ्तार परेका छन । महानगरीय अपराध महाशाखाको एक टोलीले ललितपुरकाे च्यासलमा रहेकाे उनकै कोठाबाट शुक्रबार साँझ उनलाइ गिरफ्तार गरेको बुझिएको छ । नेता कार्की उपत्यका बाहिर रहेकाे र शुक्रबार मात्र राजधानीमा आएर काेठामा औषधी लिन डेरामा पुगेका बेला उनलाइ गिरफ्तार गरिएकाे […]

निर्मला हत्यामा एसपी विष्ट र डिएसपी जिसीविरुद्ध पक्राउ पुर्जी जारी

कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पुर्जी जारी गरेको हो […]

सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ (विज्ञप्ति)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमा सरकारले प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने बताएका छन् । विप्लवले पार्टीमाथि दमन गरिए त्यसको मुखतोड जवाफ दिने चेतावनी पनि दिएका छन् । फागुन २८ गते मन्त्रिमण्डलको बैठकले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धपछि पहिलो पटक विप्लवले विज्ञप्ति दिएर सरकारलाई त्यसको जवाफ दिने बताएका हुन् । “केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि […]

तीन करोड ठग्ने महिला धरौटी बुझाउन नसकेर जेल

पोखरा । बाग्लुङमा विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर भागेकी एक महिला अन्ततः जेल पुगेकी छन् । बाग्लुङ घर भई पोखरा लेखनाथमा बस्दै आएकी सरिता कुमारी रानालाई कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सरिताले सयौं व्यक्तिहरुसँग पैसा मागेर अन्ततः सबैको सम्पर्कबाट वेपत्ता भएकी थिइन । राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र आफ्नो […]

विप्लवमाथि प्रतिबन्ध पार्टीमा सल्लाह नै नगरेर लगाएको भन्दै माधव नेपालले जनाए आपत्ती

काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति धेरैले आपत्ती जनाएका छन् । यसैक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको निर्णयप्रति आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीमा […]