सर्वोच्चका न्यायाधिशले मागे उल्टै आफ्नै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा […]

डा. केसी रिहा, प्रधानन्यायाधिशले गरेका फैसलाका मिसिल, उनको नागरिकता र शैेक्षिक प्रमाणपत्र झिकाइयो

काठमाडौं, २६ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशमाथि नै गम्भीर प्रश्न उठाएका डा. गाेविन्द केसी रिहा भएका छन् । उनलार्इ साधारण तारेखमा रिहा गर्दै सर्वाेच्च अदालत बरु अाफ्नै प्रधानन्यायाधिशमाथि डा. केसीले उठाएका प्रश्नबारे छानविन गर्न उनीसँग सम्बन्धित डकुमेन्ट झिकाएकाे छ । पराजुलीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र समेत झिकाएर त्यसबारे अध्ययन गर्न सर्वाेच्चले अादेश दिएकाे छ ।  […]

सरकारको अर्को निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा, पराजुलीले के गर्लान

काठमाडाैं, २६ पुस । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् । सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार […]

गोविन्द केसीको स्वास्थ्यमा समस्या, बीर अस्पतालमा उपचार हुदै

    पुस २५,काठमाडौँ /   अदालतमा बयान सकिए लगतै स्वास्थ्यमा समस्या देखिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। अनशनमा रहेका डाक्टर केसीलाई सोमबार प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको थियो। आज बिहान ९.४० मा अदालत उपस्थित गरिएका केसीलाई दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका […]

गोविन्द केसीलार्इ सर्वोच्चमा पेश गरियो, बाबुराम भट्टरार्इदेखि गगन थापासम्म सडकमा

काठमाडौँ, २५ पुस । महाराजगञ्ज टिचिङ अस्पतालमा अनसनस्थलबाटै पक्राउ परेका डा. गाेविन्द केसीलार्इ अाज बिहान ९ बजे नै सर्वाेच्च अदालतमा पेश गरिएकाे छ । सर्वाेच्च अदालतकै प्रधानन्यायाधिश गाेपालप्रसाद पराजुलीका विरुद्ध अनसन बसेका केसीलार्इ साेमबार प्रहरीले गिरफ्तार गरेकाे थियाे । केसीलाई अदालतको अबहेलना गरेकाे मुद्दामा सर्वाेच्चले पक्राउ गर्न अादेश दिएकाे थियाे । एक रात अनामनगरमा रहेकाे […]

प्रहरीले मिडियाको अधिकार छिन्न खोज्यो, स्रोत माग्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा […]

डा. गोविन्द केसी अनसनस्थलबाटै गिरफ्तार

काठमाडौँ, २४ पुस । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई अनसन बसिरहेकै अवस्थाबाट पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल […]

पत्रकारको अधिकार नछिन्न प्रहरीलाई प्रेस काउन्सिलको चेतावनी

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो । अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न एसएसपी धानुकलाई सचेत गराइएको काउन्सिलका कार्यवाहक […]

राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

पाँच घन्टा नेपाल टेलिकमको नेटवर्क जाम, कसरी भयो यस्तो गम्भीर समस्या

काठमाडौं, २२ पुस । नेपाल टेलिकमपकाे नेटवर्क पाँच घन्टासम्म अवरुद्ध भएकाे छ । पाँचघन्टासम्म नेटवर्क अवरुद्ध भएपछि धेरै सेवाग्राहीहरु समस्यामा परेका छन् । शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हाे । बिहान तीन बजेदेखि नेटवर्कमा आएको समस्या एकै पटक बिहान आठ बजेमात्र टेलिकमले समाधान गरेको हाे । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच […]