साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो […]

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

बाँके, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र […]

एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ ।  राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]

लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्दै

काठमाडौं १५ साउन् । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि फेरी लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ । गत जेठमा ९ हजार कर्मचारीका लागि विज्ञापन गरिएको थियो । जेठमा गरिएको बिज्ञापनको अहिले […]

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

बाँके, १५ साउन । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । तर आजदेखि सञ्चालनमा आउने भनिएको बसपार्क पुनः अनिश्चित […]

एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक, खर्च बढी देखाएर २ अर्ब कर छली

काठमाडौँ । नेपालमा एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक भएको छ । एनसेलले पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छली गरेको पाइएको हो । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको छ । उता, कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले भने आन्तरिक […]

सकिएको छैन आस ! अझै टि-२० बिश्वकपमा पुग्न सक्छ नेपाल तर कसरी ? हेर्नुस

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भयो। नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदा नेट रनरेटमा कतारभन्दा पछि पर्दै तालिकाको तेश्रो स्थानमा झर्न पुगेको छ। नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने पक्का भएको छ। १४ टोलीले सहभागिता जनाउने उक्त […]

 सार्वजनिक शिक्षा सुधारको कुनै संकेत देखिन्न; पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं १४ साउन । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक सरकारी विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। तालिमका नाममा ठूलो धनराशि खर्च भए […]

कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीमा १ घरमा गोली प्रहार भएको छ । इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा सोमवार राति गोली प्रहार भएको हो । कलंकीमाई मन्दिर नजिकै रहेको हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा राति एकाएक गोली प्रहार […]

मेलोमेसो मिलाएर विदेश भ्रमणः एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

काठमाडौ, १४ साउन । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले […]