सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दाजुल्दा लक्षणका बिरामी

सिन्धुपाल्चोक, २९ माघ। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा […]

रामेश्वर फुयाँल बने बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री

काठमाडौं ।  वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त […]

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ज्ञवालीलाई बढुवा गरेको छ ।  प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने […]

आफ्नै घरमा गम्भीर घाइते पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको  मुनाको हत्या प्रयास भएको थियो । गम्भीर घाइते भएकि मुनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार […]

वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका […]

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’ ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप […]

आश्रममा ६ घन्टा खानतलासी गर्दा पनि भेटिएनन बमजन, ७७ जिल्लामै पक्राउ सर्कुलर जारी

सिन्धुली, २५ माघ । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका तपश्वी रामबहादुर बमजनलाई खोज्दै प्रहरी टोली शुक्रबार विहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी गरेको छ । सीआईबी, प्रदेश २ को दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित बमजनको आश्रममा खानतलासी गरेको […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको छ’ नेकपा महासचिव विष्णु […]

यो दृश्य, जसले विश्वलाई रुवायो (भिडियो सहित)

माघ २६, एजेन्सी, यो दृश्य, जसले विश्वलाई रुवायो । देख्ने बित्तिकै आफ्नो काखमा आउन उत्साहित हुदा समेत आफ्नो ९ महिने छोरोलाई अंकमाल गर्न नपाएपछि बाबु भक्कानिए । छोरा कोराना भाइरसको संक्रमणको उपचारका लागि आइलोशेनमा थिए । बाबु र छोराको हेराहेर मात्रै भयो । छोराले बाबुको स्पर्श खोजिरहेका थिए । तर बाबु बिवश थिए, बाबु र […]

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ ।  सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति रहँदै आएकोमा वर्तमान सरकार गठन भएपछि त्यस्तो प्रवृत्तिमा सुधार आएको […]