काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि […]
मुख्य विशेष
पत्रकारको मोटरसाइकलमा तस्करी गर्ने २ जना पक्राउ
बारा, २७ फागुन । पत्रकारको आवरणमा लागू औषध ९ड्रग्स० तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार […]
संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने
काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]
होलीको हर्षोल्लासमा कोरोनाको त्रास
काठमाडौँ, २६ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । कतै विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका […]
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे अस्पतालले जारी गर्यो विज्ञप्ति
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था बारे अस्पतालले विज्ञप्ति जारि गरेको छ । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रत्यारोपणको पाँचौं दिन एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खाएको र सामान्य डिँडडुल गर्न सक्ने […]
साउदी राज परिवारका तीन वरिष्ठतम सदस्य अचानक पक्राउ
साउदी, २४ फागुन । साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको […]
धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय
कैलाली । धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को […]
अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस
काठमाडाैं, २३ फागुन । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटाले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ। […]
(कोभिड–१९) को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन […]
संसदमा आज कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव पेश हुँदै
काठमाडौं, २३ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विस्तारै नेपालमा पनि प्रवेश गर्ने आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छरु अस्पतालको अवस्था के छ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ। प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध […]










