काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं […]

काठमाडौँमा बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला

काठमाडौँ, २४ भदाै । काठमाडौं उपत्यकामा भोलि बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला हुने भएको छ। भदाै ३ बाट लागु भएको निषेधाज्ञा: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खोल्ने निर्णय गरिएको हाे। बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने […]

बुधवार उपत्यकामा ४६४, देशभर १०८१ कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी यसअघि झै काठमाडाै जिल्लामा छन् । उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र ३९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३४ र भक्तपुरमा ३६ […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा 

काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]

शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ

काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]

प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्‍त भएका थिए । संसदकाे सदस्यकाे […]

साथीलाइ माेटरसाइकलसहित बाढीमा गुमाएका कृष्ण भन्छन: माेटरसाइकल फालेर कान्लामा उक्लेर बालबाल बचेँ

बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच […]

भारतबाट दुई युवतीलाइ उद्दार गरी नेपाल ल्याइयो

परासी । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये चितवनकी चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन्। […]