तराईबाट दक्षिणतर्फ सर्दै मनसुनको न्यून चापीय रेखा, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]

पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस काठमाडौस्थित दूतावासमा उत्साहपूर्वक सम्पन्न

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउने समारोह गर्दै मनाइएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार  राष्ट्रिय झण्डा फहराएका छन् । यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र […]

भरत ताल बनाउनु भयो भारी, मेयरलाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, […]

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागमा उक्त पद रिक्त रहेको थियो। पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएको बताइएको छ। तर नव नियुक्त महानिर्देशक […]

पोखरामा रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ । उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् । उच्च अदालत […]

मन्त्रालयबाटै ‘आउट’ भए कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराई

काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो । मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई पनि परेका हुन् । भट्टराई नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह मन्त्रालयका प्रवक्ता थिए […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको […]

अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि

भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]

आफ्नै कार्यालयको प्रगति समिक्षामा प्रधानमन्त्रीको यस्तो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल […]