गृह मन्त्रालयमा सुधन गुरुङ र अर्थमा स्वर्णिम वाग्ले, बालेन सरकारमा जाने १५ मन्त्रीको नामलिस्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। आजै शपथ र पदभार ग्रहणको कार्यक्रम छ। बालेन नेतृत्वको सरकारमा १५ जना मन्त्री हुनेछन्।

संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा झार्न लागिएको हो। रास्वपाले चुनावी वाचामा पनि मन्त्रालय संख्या घटाउने उल्लेख गरेको थियो।

को के मन्त्री बन्दैछन्?

१. बालेन शाह, प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. सोबिता गौतम, कानुन मन्त्री

४. शिशिर खनाल, परराष्ट्र मन्त्री

५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री

६. सुधन गुरूङ, गृहमन्त्री

७. अमरेश सिंह, उद्योग मन्त्री

८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी, कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री

११. दीपक साह, श्रम मन्त्री

१२. सस्मित पोखरेल, शिक्षा मन्त्री

१३. खड्क पौडेल (गनेश), पर्यटनमन्त्री

१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता, स्वास्थ्य मन्त्री