इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्। तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले […]

शिक्षासहित आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्। दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ। यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त […]

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा […]

भारतीय बिदेश सचिवको ब्यवहारले महेश बस्नेत असन्तुष्ट

भक्तपुर । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको औपचारिक भेटमा देखाएको व्यवहारलाई लिएर ओली निकट नेता नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्। मिस्रीले प्रधानमन्त्री ओलीसँग भेटवार्ताको क्रममा “उपरखुट्टी” लगाएर बसेको तस्बिर सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका हुन्। “हाम्रो संस्कृति […]

भक्तपुरमा ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो’ शुरु

भक्तपुर । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूका लागि भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु भएको छ। भक्तपुरको सूर्यविनायकस्थित आर्गस एजुकेशनमा भदौ १ देखि ३ गतेसम्म सञ्चालन हुने यस एक्स्पोले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, छात्रवृत्ति, र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गर्नेछ। कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका […]

प्रधानमन्त्री ओलीलाई औपचारिक भारत भ्रमणको निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएका प्रधानमन्त्रीका प्रेस […]

गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर […]

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो पन्छाएपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । आइतबार बिहानै यो खण्डमा पर्ने तुइनखोला नजिकै पहिरो खसेको थियो । पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । ‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाइसकेपछि बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको छ ,’ […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]

कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपालीसहित २३ प्रवासी श्रमिकको मृत्यु, १६० बिरामी

काठमाडौँ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले […]