काठमाडौँ । सशस्त्रका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ । कोइरालाको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । श्रीमती गीता ढकालको हत्या गरेपछि जन्मकैदको फैसला भएपछि हाल कारागारमा जेल जीवन बिताइरहेका कोइरालाले ६० […]
फ्लास न्यूज
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो। त्यस्तै, […]
अख्तियार दुरुपयोग नागरिकको आस्था, विश्वास र भविष्यमाथि गरिने आघात हो : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने अझै खाँचो रहेको पनि बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]
सरकारी सेवाको सास्ती हटाउन ‘डिजिटल गभर्नेन्स’ अपरिहार्य : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’को आवश्यकता औंल्याएका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्। हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, […]
राष्ट्रियसभामा आज चलचित्र विधेयक २०८१ पेश गर्दै प्रधानमन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ पेश गर्ने भएकी छन्। सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राख्दै पारितका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन […]
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको […]
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी […]
ग्यास आपूर्ति सहज बनाउन विभागले समन्वय र नियमन गर्ने
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ। […]
केछ नेकपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ? हेर्नुहोस् पूर्णपाठसहित
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले देशलाई राजनीतिक, आर्थिक र सामाजिक सङ्कटबाट निकास दिँदै वैज्ञानिक समाजवादतर्फ अग्रसर गराउने स्पष्ट वैचारिक र कार्यक्रमिक रूपरेखा प्रस्तुत गरेको जनाएको छ। प्रतिवद्धता पत्रमा नेपाली समाज दीर्घकालीन रूपान्तरणको ऐतिहासिक प्रक्रियामा रहेको उल्लेख […]
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो । २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार […]











