सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णय विरूद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले साेमबार सर्वोच्च अदालतमा सो रिट निवेदन पेस गरेका हुन । सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था हो । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तोकिएको छ । […]

स्टन्टमा समय बर्बाद नगर्न सरकारलाई सुझाव

yubaraj dulal

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुखको सचेतक युवराज दुलालले सरकारलाई कामको नाममा देखावटी स्टन्ट नगर्न सुझाव दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई केवल स्टन्टमा जाने मात्र होइन, जिम्मेवार र परिणाममुखी काम गर्न सुझाव दिएका हुन्। उनले भने, सरकारको समय अनावश्यक प्रयोग र देखावटी गतिविधिमा खर्चिएमा नवयुवाहरूको अपेक्षा […]

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ। गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। […]

अब बैंक पनि शनिबार र आइतबार बन्द, सेवा अवधि ९ देखि ४ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ। मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ। यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ। नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक […]

शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ । आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए । उनका अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि […]

पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव : आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ। अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम […]

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै बस्दै छन् । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने तथा राष्ट्रियसभामा उपाध्यक्ष चयन र वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि […]

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्कीसँगै कच्चा तेलको मूल्य आकासियो

काठमाडौं । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ। प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य आक्रमणका कारण सोमबार ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट दुवैको मूल्य उकालो लागेको हो। सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स १.७१ […]

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । विश्वकै अत्यन्त संवेदनशील सामुद्रिक मार्ग होर्मुज जलडमरु तुरुन्त खोल्न माग गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् । ट्रम्पले आगामी सोमबारसम्मको स्पष्ट समयसीमा तोक्दै उक्त अवधिभित्र मार्ग नखोले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने धम्की दिएका छन्। उनको अभिव्यक्ति कूटनीतिक भन्दा बढी […]

गुल्मीमा जिप घरमा ठाेक्कियाे, दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो । मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया […]