आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण

काठमाडौँ । नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार […]

संसदीय दश समितिमा दिइयो जिम्मेवारी

काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका छन्। सभामुख अर्यालले समितिमा रहेका सांसदको नामावली बैठकमा प्रस्तुत गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला […]

भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने

भक्तपुर । बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । विविध भाषाभाषीका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले यो सेवा शुरु गर्ने भएको हो । बिहीवार सम्पन्न सामाजिक परीक्षणको प्रस्तुतीकरण एवं आमभेलामा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पहिलो चरणमा नेवारी र तामाङ्ग भाषालाई व्यवहारमा ल्याइने बताए । […]

प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले […]

उपसभामुखमा राप्रपालाई झट्का दिएकोबारे यस्तो आयो रवि लामिछानेको प्रष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ‘धोका’ दिएको विषयमा प्रष्टिकरण दिएका छन्। शुक्रबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले उपसभामुखबारे अन्तिम समयमा निर्णय बदलिएको स्वीकार गर्दै अन्य विषयहरूमा सहकार्य हुने बताए। राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले बिहीबार उपसभामुखमा उम्मेदवारी दर्तापछि रवि लामिछानेसँग छलफल […]

जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसात गर्दै रुवीलाई अगाडि सार्‍यौँ : श्रम संस्कृति पार्टी

काठमाडौँ । श्रम संस्कृति पार्टीले जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसाथ गर्दै जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा अगाडि सारेको प्रष्ट पारेको छ । प्रतिनिधि सभामा उपसभामुखमा ठाकुरलाई प्रस्ताव गर्दै सांसद आर्यन राईले मधेसकी चेली र जेनजी समूहकी ठाकुरलाई अगाडि सारेको बताए । उनले श्रम संस्कृति पार्टीलाई पूर्वको राईको पार्टी हो, पूर्वमै सिद्धिन्छ भन्ने कुरा चिन […]

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने ? (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको भवनमा बसेको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गरेका हुन्। सो क्रममा उनले नयाँ सरकार र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना व्यक्त गरे । शहीदहरूको मर्म अनुरूप सरकारले काम गर्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति पौडेलले बताए । ‘निर्वाचनमार्फत […]

मन्त्रिपरिषद् विस्तार : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम […]