काठमाडौँ । विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी सङ्गठनले चैत २७ गते आजैबाट आन्दोलनको घोषणा गरेका हुन् । सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । जसअनुसार चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ […]
फ्लास न्यूज
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ। बिहीबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय […]
साउदीमाथि आक्रमण र स्ट्रेट अफ होर्मुजका कारण मूल्यमा भारी वृद्धि
काठमाडौँ । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएको नयाँ आक्रमण र सामरिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज बन्द भइरहने जोखिमका बिच शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। अमेरिका र इरानबिच दुई साताका लागि युद्धविरामको सहमति भए पनि बजारमा त्यसको प्रभाव न्यून देखिएको छ भने आपूर्तिमा अवरोध आउने त्रासले लगानीकर्ताहरू सशंकित बनेका छन्। शुक्रबार बिहानी कारोबारमा […]
रिहा भएपछि लेखकले भने : प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि १३ दिनको हिरासत मुक्त भएका लेखकले शुक्रबार […]
नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ यात्रु घाइते
कृष्णनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य […]
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र […]
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
काठमाडौँ । आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेको हो […]
नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
काठमाडौं । नयाँ शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो । केन्द्रले जारी गरेको सूचनामा भर्ना […]
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत बनाउन सिफारिस गरेका […]











