काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेर साहलाई जिम्मेवारी बाट अलग गराउन सिफारिस गरेका थिए । सोहि सिफारिस पत्र पाएलगत्तै प्रधानमन्त्री बालेनले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । साथै जनसंख्या मन्त्री निशा मेहतालाई सचेत […]
फ्लास न्यूज
४८ अंक बढ्यो सेयर बजार, ९ अर्ब ९१ करोड बराबरको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर […]
उपसभामुखमा राप्रपाकी सरस्वती र श्रम संस्कृतिकी रुबी कुमारीबीच प्रतिस्पर्धा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् । राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपा र प्रतिपक्षी दल कांग्रेसले पनि पनि समर्थन गरेको […]
ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा रिहा गरिएको हो । उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक […]
एमाले अध्यक्ष ओली १३ दिनपछि रिहा, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट […]
सर्वोच्चको परमादेश अनुसार ओली र लेखक हाजिर जमानीमा रिहा हुँदै
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि प्रहरीले केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरेको छ । सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । यसअघि भदौ २३ र २४ का घटनाको अनुसन्धानका लागि गठित गौरीबहादुर कार्की […]
पाटनमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
काठमाडौँ । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन् । चैत २५ मा साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको […]
पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा […]
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति […]
यस्तो छ लामो दुरीमा बढेको सार्वजनिक यातायातको भाडादर (सूचीसहित)
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ । साथै, यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक […]











