काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् । ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भएको संयुक्त बैठकले यस्तो निर्णय […]
फ्लास न्यूज
एकएकको बराबरीमा टुंगियो यूएईसँगको दोस्रो टी–२० आई सिरिज
काठमाडौं । यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । योसँगै दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । […]
रवि लामिछानेविरुद्धको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो । यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ । तर, उनले अदालत प्रशासनको यो आदेशविरुद्ध सर्वोच्च अदालतमै फेरि अर्को निवेदन दिन पाउँछन् । सर्वोच्च […]
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्यूठानका आचार्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए। उक्त समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य नियुक्त भएका छन्।
भक्तपुरमा ११ दिनसम्म सञ्चालित महोत्सव सम्पन्न
भक्तपुुर । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करण सम्पन्न भएको छ। नयाँ वर्ष एवं बिस्का जात्राको अवसरमा भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा ११ दिनसम्म चलेको महोत्सव सोमबार साँझ सम्पन्न भएको हो । समापन समारोहमा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवलाई निरन्तरता दिँदा स्थानीयवासीलाई सुविधा […]
प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्रीको राजीनामा माग्ने ४ जना पक्राउ
काठमाडौं । प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका ४ जना युवा पक्राउ परेका छन् । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । […]
प्रतिनिधि सभामा अब फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्ताे व्यवस्था गरिएको हो । नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा […]
प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा रास्वपाले दियो समानुपातिक सांसदलाई जिम्मेवारी (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको […]
तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो
काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि विमानस्थल बन्द गर्न लागिएको हो […]











