काठमाडौँ । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ । प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ […]
फ्लास न्यूज
एच-वानबी भिसाका लागि १ लाख डलर असुल्दै अमेरिका, अरू के छन् अमेरिका छिर्ने उपाय ?
काठमाडौं । अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाका लागि १ लाख डलर आवेदन शुल्क लिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि एच-वानबी भिसाको आवेदन शुल्क १२५० डलरदेखि ७५ सय डलरसम्म थियो। यसका अतिरिक्त ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधा […]
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर […]
डिपी ढकालको प्रश्न- महानगर जलिरहँदा पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए । ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक […]
नेपालको समस्या र समाधान – दिनेश मैनाली
नेपालको इतिहास र वर्तमान राजनीतिक यात्रा एउटा विडम्बनापूर्ण कथा हो। परिवर्तनका लागि पटक–पटक आन्दोलन भयो, रगत बग्यो, हजारौंले बलिदान दिए, तर देश अझै पनि उही समस्याको चक्रभित्र कैद छ। आजको यथार्थ यो हो कि नेपाली जनताले धेरै पटक आक्रोश व्यक्त गरे पनि त्यसभित्रको पीडा र चाहनाको सुनुवाइ भएको छैन। त्यसैले, प्रश्न उठ्छ—किन नेपालले अझै पनि […]
भक्तपुर दरबार क्षेत्रमा आन्दोलनको असर, सुनसान बन्दै पर्यटकीय शहर
भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य भक्तपुर दरबार क्षेत्रमा पर्यटकको चहलपहल घटेको छ । भिडभाड हुने सो क्षेत्र जेनजी आन्दोलनपछि अचेल सुनसान बन्दै गएको छ। केही दिनअघि सम्म दैनिक १ हजार २ सय देखि –१ हजार ५ सय सम्म बाह्य पर्यटक(बिदेशी)ले भ्रमण गर्ने यो दरबार क्षेत्र अहिले घटेर दैनिक दुई सयको हाराहारीमा सीमित भएको छ। […]
वाम एकताको पक्षमा उभियो एकीकृत समाजवादी
काठमाडौं । जेन–जी आन्दोलनपश्चात् उत्पन्न अन्योलग्रस्त परिस्थितिमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) वामपन्थी एकताको पक्षमा उभिएको छ । पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले केन्द्रीय सचिवालयको १० बुँदे निर्णय सार्वजनिक गर्दै विचार–सिद्धान्त मिल्ने पार्टीहरूसँग एकता र अन्यसँग सहकार्य गर्ने पहल अघि बढाउने निर्णय भएको जनाएका छन् । बैठकले मुलुकको सार्वभौमिकता, संविधान र संघीय […]
पत्रकार सम्मेलनमार्फत जेनजीको यस्तो माग
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न जेनजीले माग राखेका छन् । शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छलि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् । जेनजीका सल्लाहकार डा. निकोलश भूसालले […]
फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा ?
काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ। […]
संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)
भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्। गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ […]










