रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो ।  यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट […]

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई […]

भक्तपुरमा इन्सास राईफलसहित युवक पक्राउ

भक्तपुर । भक्तपुरमा अबैध हतियारसहित एक युवक पक्राउ परेका छन् । गोरखाको पालुङटार-९ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई पक्राउ परेका हुन् । मंगलबार बिहान ९ बजे A8896 नम्बरको इन्सास राईफल सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जबेगुले पुष्टि गरे । सेढाईको […]

सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो।  त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार प्रतितोला तीन लाख […]

नैकापमा टोयोटा कार र महाराजगन्जमा मारुती भ्यानमाथि आगजनी

काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।  नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ […]

भक्तपुर-२ मा रास्वपा आशावादी, एमाले काँग्रेस ढुक्क

संजीप घिमिरे, भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर– २ मा स्थानीयको मात्र नभई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो रहेको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव महेश बस्नेत उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा छ। जेन–जी बिद्रोहपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृहनगर सूर्यविनायक–७ गुण्डुमा आश्रय दिएर राजनीतिमा पुनस्र्थापित गर्न सफल बस्नेतको […]

भक्तपुर भ्रष्टाचारमुक्त : बिजुक्छें

bijukchhen

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितले भक्तपुर नगरपालिका देशकै एकमात्र भ्रष्टाचारमुक्त पालिका भएको दावी गरेका छन् । सोमबार भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेंले भने, ”नेमकिपाको नेतृत्व भएकोले भक्तपुर नगरपालिकामा एकपैसा पनि घुसको लेनदेन हुँंदैन ।” आफ्नो पार्टीको नेतृत्व निर्वाचित भएकोले भक्तपुरमा भ्रष्टाचार नभएको उनको भनाइ […]

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार […]

महेश बस्नेतलाई स्वतन्त्र उम्मेदवारको समर्थन

भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवीनकुमार महतले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन जनाएका छन् । उम्मेदवार महतले आफ्नो उम्मेदवारी फिर्ता लिदैं एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थनको घोषणा गरेका हुन् । सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवामा एमालेको प्रचारप्रसारमा समेत उनी देखिए । नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत […]

राष्ट्रिय स्वाधिनता खतरामा छ : पूर्व सभामुख सापकोटा

भक्तपुर । पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् । शनिवार भक्तपुर–२ मा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अहिले आत्मनिर्णयको अधिकार खोसिएको छ र पार्टीहरुको हातमा पहलकदमी छैन, नेकपा त्यसलाई पुनस्र्थापित गर्न नेतृत्वदायी भूमिका निभाइरहेको छ ।” देशमा भदौं २३ र २४ भन्दा […]