क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएका बैद्यले छोडे पद

काठमाडौं। क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व गरिरहेक मोहन वैद्य किरणले नेतृत्व हस्तान्तरण गरेका छन् । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा उनले नेतृत्व हस्तान्तरण गरे । बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारण देखाएर दिएको राजीनामा स्वीकृत गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवको रूपमा चयन गरेको एक सहभागीले जानकारी […]

राष्ट्र र राष्ट्रियतामाथि संकट भएको भन्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले सुझाए समाधान

ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् । श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् । सोको लागि नेपाली कांग्रेसको […]

आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ ।  हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]

झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्टले लियो किसोरको ज्यान

Dead

वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ। शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि नेशनल […]

डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी

मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]

घडी भाइरल भएपछि मन्त्री खरेलले खोले मुख

काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । आफूले लगाएको घडी […]

धनतेरस र धन्वन्तरी जयन्ती एउटै होइन

Tihar

धनतेरस (धनत्रयोदशी) र धन्वन्तरी जयन्ती सुन्दा उस्तै लागे पनि फरक छ । तिहार अन्तर्गत पर्ने यी दुई पर्वको धार्मिक अर्थ र पूजाको विधि फरक–फरक हुन्छ।  धनतेरस धनतेरसलाई तिहार पर्वको पहिलो दिन मानिन्छ।यस दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। यो नयाँ धातुका सामान, सुनचाँदी वा भाँडा खरिद गर्ने शुभ दिन हो। यस दिन साँझ “ॐ श्रीं […]

आज धनतेरस, भोलि कागतिहार : झिलिमिली तिहार शुरू

काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ । आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको […]

२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]

बिदेशी हस्तक्षेप रोक्न इतिहास, भूगोल र संस्कृतिको अध्ययन आवश्यक : उपप्रमुख जोशी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्। उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, […]