काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । […]
फ्लास न्यूज
न्यायाधीशबारे रास्वपाले गरेको टिप्पणीमा कांग्रेसको आपत्ति
काठमाडौं । न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् । उनका अनुसार, संविधानमा […]
सार्वजनिक भए मन्त्रिपरिषद् बैठकका ४ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ । त्यस्तै, […]
प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका पूर्वकर्मचारी हुन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस […]
साउदी अरबले पनि इरानमाथि गोप्य आक्रमण गरेको खुलासा
एजेन्सी । साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। समाचार संस्था रोयटर्सका अनुसार गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरानविरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको थियो।यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन। अमेरिका र इजरायलले भने केही महिनादेखि इरानमाथि भीषण आक्रमण गरेका छन्। त्यसपछि इरानले पनि इजरायलसहित […]
पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो […]
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि […]
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्याे, २७ जना घाइते
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा […]
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त […]
रास्वपामाथि एमाले नेता बादलको हमला, संसद्मा दर्जनौँ प्रश्न
काठमाडौँ । रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई “महत्त्वाकाङ्क्षी र अराजक जमातको अस्थायी गठजोड” भन्दै तीखा टिप्पणी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा दलीय हैसियतले बोल्दै एमाले संसदीय दलका नेता बादलले रास्वपा सरकारको नीति, नेतृत्व र राजनीतिक दिशामाथि प्रश्न उठाएका हुन्। उनले संसद्को अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको उद्देश्य प्रशासनतन्त्र र न्यायतन्त्रमाथि एकल […]











