काठमाडौँ । प्रहरीले गोली चलाएर चोभारबाट एक जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको बताए । शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको उनको भनाइ छ। घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए। कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट […]
फ्लास न्यूज
सरकारको नीति तथा कार्यक्रममा नेकपाको १० बुँदे सुझाव
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १० बुँदे सुझाव दिएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले १० बुँदे सुझाव प्रस्तुत गरेका हुन् । संविधान संशोधनका लागि बहस पत्र, नयाँ चरणको आर्थिक नीति, सुशासन र विद्युतीय सुशासन जस्ता विषय समेटिएको उल्लेख गर्दै सांसद मल्लले नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन […]
‘कर्जा असुल्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्व रहँदैन’
काठमाडौं । धितो लिलामी गरेर कर्जा असुली गर्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै संगठनहरूले विरोध जनाएका छन् । बुधबार मात्रै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरीले स्मार्ट टेलिकम प्रालिको धितो लिलामी गरेको भन्दै पक्राउ गरेको छ । स्मार्ट टेलिकमले इन्भेस्टमेन्ट बैंकबाट […]
तीन मौसमी प्रणालीको असरले आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही […]
तीनदिने भ्रमणका लागि बेइजिङ पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, समकक्षी सीसँग भेट्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् । ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो […]
सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा कारण देखाऊ आदेश
काठमाडौँ । सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित म्याद सूचना पाएका मितिले […]
सभामुखले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने
काठमाडौँ । विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् । बुधबार तेस्रो पटक पनि प्रतिनिधिसभा बैठक सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् । तर, अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार […]
आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।
प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ […]
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् । सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई […]











