मुक्तिनाथमा भिषण हिमपात

मुस्ताङ ।मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् । मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको […]

माओवादी धारसहितका सबै वामपन्थी शक्तिहरू एकतावद्ध बन्न प्रचण्डको अपिल

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। देशले सामना गरिरहेका जटिल समस्या, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौती समाधान गर्न अब वामपन्थी एकता अपरिहार्य भएको प्रचण्डले बताएका छन्। उनका अनुसार राष्ट्रका संकटहरूको समाधान अग्रगामी विचार, […]

नयाँ पुस्ताको हुरीले शासक दलहरूलाई दुई दिनमै उडाइदियो : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख एवं नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले हालै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दुई दिनमै सत्तारूढ दलहरूलाई उडाइदिएको टिप्पणी गरेका छन् । खोक्रो रुख एक धक्कामै ढल्ने भन्दै उनले भने, “खोक्रो भएका शासक दलहरू दुई दिनमै ढले ।” नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलहरू भ्रष्टाचारमा डुबेर सिद्धान्त र […]

छठ पर्वको मुख्य दिन आज, यस्तो छ छठी माताको स्वरुप र पूजा विधि

chhath

काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् । सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ। छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी […]

कात्तिक २० मा विप्लवले शक्ति प्रदर्शन गर्ने

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते राजधानी काठमाडौंमा ठूलो प्रदर्शन र सभा गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि देशभर तीव्र बनेको राजनीतिक परिस्थितिसँग सम्बन्धित धारणा आम जनतामाझ स्पष्ट पार्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको नेकपाले जानकारी दिएको छ। नेकपाका महासचिव विप्लवले सोमबार बिहान आफ्नो फेसबुकमा स्टाटस […]

अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने

Hotel hyatt

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]

निर्वाचन आचारसंहिता लत्याउदै ३६ सिडिओको सरुवा

काठमाडौ । गृह मन्त्रालयले तीन दर्जन सिडिओको सरुवा गरेको छ । जेन-जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले नियमविपरीत ३६ जिल्लाका सिडिओ सरुवा गरेको हो । निर्वाचन आचार संहिता अनुसार निर्वाचन घोषणा भएपछि कर्मचारीको सरुवा गर्न नपाइने नियम भएपनि गृहले त्यसलाई लत्याएर ३६ जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरेको हो ।  कतिपय जिल्लामा दुई महिना पनि नपुग्दै […]

१ करोड १० लाख ७० हजार र गरगहनासहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति […]

अन्तरिम सरकारमा थपिए दुई मन्त्री

काठमाडौ । प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा दुई मन्त्री थपिएका छन् ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी हुन् । उनीहरू दुबै जनालाई राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले आइतबार अपराह्न सपथग्रहण गराएका छन् । शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले […]

मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान

भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ। सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको […]