भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]
फ्लास न्यूज
बुटवलमा युवतीमाथि गोली प्रहार
बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ। घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]
भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने
भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति […]
कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]
नगरकोटमा पाटे बाघ पाइएको विषयमा वन कार्यालय नै छैन बिश्वस्त
भक्तपुर । भक्तपुरको पर्यटकीय नगर चाँगुनारायणको नगरकोट क्षेत्रमा पाटे बाघ पाइएको हल्लाले मानिसहरु त्रसित भएका छन् । बाटोमै हिड्दै गरेको बाघको तस्वीर सहित बाँस्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानी अपनाउन सामाजिक संजालमार्फत स्थानीयहरुले अनुरोध गरेपछि पर्यटकहरु त्रसित हुनु स्वभाविकै हो । नगरकोटमा पाटे बाघ देखिएको विषयमा डिभिजन वन कार्यालय भने बिश्वस्त छैन । “मर्निङ वाकको […]
सिडिओलाई एमाले ट्याग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् । प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी […]
उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]
हामीले दिनहुँ खाने नुनबाट चीनले बनायो इन्धन
न्यूजकारखाना, काठमाडौं । हामीले दिनहुँ खानाको स्वाद बढाउने नुन माथी चीनले भने इतिहास रचेको छ। चीनले संसारको पहिलो यस्तो थोरियम बनाएको छ, जसवाट चीनले आणविक रिएक्टर तयार गरेको छ। जसमा बिजुली मात्र उत्पादन भैरहेको छैन, अहिले चल्ने क्रममा नयाँ इन्धन पनि थपिएको छ । यो कारमा पेट्रोल भर्नु जस्तै हो, परमाणु प्रविधिमा यो पहिलो पटक […]
कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति
सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो । विभिन्न […]
सशस्त्र प्रहरीको व्यारेकमा नेपाली सेनाले गोलि चलाएको आरोप
हेमन्त केसी, सुर्खेत । बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा नेपाली सेनाले गोलि चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोलि चलाएको आरोप लागेको हाे । नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका हुन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला […]










