भक्तपुर । पूर्व उद्योग मन्त्री एवं नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेत डिस्चार्ज भएका छन् । पिसाब नलीमा अचानक समस्या देखिएपछि उनी दुई दिन अघि काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । राजाबादीको तीनकुने बितण्डा बिरुद्ध युवा संघले सोमबार गरेको मोटरसाइकल र्याली र शक्ति प्रदर्शनमा बस्नेत नदेखिएको प्रति चासो राख्दा उनी अस्पतालमा रहेको […]
फ्लास न्यूज
म्यान्मा भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो
म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ । शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सरकारले अप्रिल ६ […]
८ लाख बेरोजगार सूचीकृत हुँदा ५ हजारलाई रोजगारी
काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]
तीनकुने बितण्डाको बचावमा लिङदेनको प्रश्न – गणतन्त्र मादल बजाएर आएको हो?
काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। तीनकुने बितण्डाको बचाउ गर्दै उनले गणतन्त्रबादीहरु हत्या-हिंसा गरेर आएका कतै नछिपेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले कथा र शब्दजाल बुनेर अब मानिसले नपत्याउने बताए । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने दावी गरे । प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको […]
गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : केसी
काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सोमबार संबोधन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र बक्सिसमा नपाएको प्रष्ट पार्दै उनले जनताले धेरै लामो संघर्ष र बलिदानीबाट आएको ब्यवस्थालाई उल्ट्याउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष केसीले गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरुले […]
आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदउलफित्रको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । इस्लाम धर्मावलम्वीहरुले उर्दू पात्रो अनुसार नवौ महिना रमजान महिनाको ३० दिनसम्म दिनहुँ घाम रहुन्जेल निराहार रहेर बस्ने ब्रत अर्थात् रोजा सम्पन्न गरी इदउलफित्र पर्व मनाउने परम्परा छ । इदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ(सफासुघर) […]
रविन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ। राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा […]
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित
काठमाडौ । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी बिजयी बनेका छन् । काठमाडौ बैंक्वेटमा सम्पन्न मतदानको मतपरिणाम अनुसार प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी बिजयी बनेका हुन् । निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा बिजयी बनेका पुष्टि गरे । त्यस्तै […]
प्रेस सेन्टरको सचिवमा दाहालसहित उपत्यकाले पाउने सबै पदमा निर्विरोध
काठमाडौ । काठमाडौमा जारी प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न गरेको छ । अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावल सहित अधिकांंश पदहरुमा दोहोरो उम्मेदवारी परेपछि मतदानको तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । उपत्यका प्रदेशबाट भने सबै पदमा निर्विरोध निर्वाचित भएका उपत्यका प्रदेेश समितिका महासचिव रोशन गाउँलेले बताए । […]
देशकै सानो जिल्ला भक्तपुरमै ६ सय बढी औषधी पसल
भक्तपुर, १७ चैत । देशकै सानो जिल्ला भक्तपुरमा नै ६ सय भन्दा वढी औषधी पसलहरु रहेका छन् । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभामा उक्त जानकारी गराइएको हो । कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् । तीमध्ये […]











