चैते दशैँ नै दशा बनेर आएपछि हड्डी अड्किँदा गयो ज्यान

अछाम । दशैँ नै दशा बनेर आएपछि अछाममा एकजनाको ज्यान गएको छ । चैते दशैँमा ढालेको बोकाको मासु खाँदा घाँटीमा हड्डी अड्किएर साँफेबगर-५ का ४२ वर्षीय डम्बरबहादुर कुँवरको ज्यान गएको हो । शनिबार चैते दशैँको अष्टमीको अवसरमा काटिएको बोकाको मासु खाँदा कुँवरको घाँटीमा हड्डी अड्किएको थियो । बेहोस अवस्थामा उपचारका लागी स्थानीय अस्पतालमा पुर्याइएका उनको […]

भारतीय समकक्षी मोदीसंगको भेटबारे बिमानस्थलमै प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन् । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक […]

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु, १८ नगरका १ सय ५८ खेलाडीबीच प्रतिस्पर्धा

भक्तपुर । भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिका आयोजक रहेको प्रतियोगिता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शनिवार उद्घाटन गरेका छन् । शनिवार अपराह्न सहिद स्मृति खेलमैदानबाट शुरु प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने वडाध्यक्ष एवं खेलकुद समिति संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् । प्रतियोगितामा महानगर र उपमहानगरसहित १८ वटा नगरपालिकाका […]

बारको नयाँ नेतृत्व छान्न अधिवक्ताहरु उत्साहित : १० हजार मतदाता, ४ बजेसम्म मतदान

काठमाडौं । कानुन ब्यवसायी अधिवक्ताहरुको छाता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेकाे छ।  शनिवार बिहान ८ः०० बजे देखि शुरु मतदानमा नयाँ नेतृत्व छनोट गर्न मतदाताहरु उत्साहित देखिएका छन् । अपराह्न ४ बजेसम्म मतदान हुनेछ । भावी अध्यक्षका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, […]

रविलाई लगियो रुपन्देही

काठमाडौं । शुक्रवार साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ ।  उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुर्याइएको थियो । उनलाई पहिलाे फ्लाइटबाटै रूपन्देही लगिएकाे हाे । पूर्व उपप्रधान एवं गृहमन्त्री […]

जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार

भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् । हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् ।  उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको […]

बुढानीलकण्ठबाट पक्राउ परे पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ उनी पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट उनलाई पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको […]

टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने

बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

न्यूजकारखाना, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।  जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेको हो । बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको […]

मोदीसंग नयाँ साझेदारीका लागि महत्त्वपूर्ण संवाद भएको प्रधानमन्त्रीको दावी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् । “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं,’  भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, “विम्स्टेक शिखर सम्मेलनले उठान […]