मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । […]
फ्लास न्यूज
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम […]
सूर्यविनायकमा अनुगमन समितिबाटै अनियमितता, नियमविपरीत बुझे २६ लाख भत्ता
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा संचालित साना योजनाको अनियमितता रोक्न गठन गरिएका अनुगमन समितिले नै अनियमितता गरेको खुलेको छ । नगरपालिकामा वडास्तरीय योजना अनुगमन समितिका पदाधिकारीहरुले नियमविपरीत २६ लाख रुपैयाँ भत्ता भुक्तानी लिएका छन् । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ५ लाखभन्दा कम लागतका योजनाको अनुगमनका लागि गठन गरेका समितिहरुलाई […]
न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त
काठमाडौ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएसंगै सो मन्त्रालयको जिम्मेवारी एमाले सांसद न्यौपानेलाई दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) अनुसार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी […]
स्वास्थ्य मन्त्री थापामगर र सचिव डा गौतमसहितको टोलीले गर्यो ख्वप अस्पताल अनुगमन
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसहितको टोलीले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको १ सय शैय्याको ख्वप: अस्पताल अनुगमन गरेका छन्। अस्पतालको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै उनीहरूले सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गरे । सो अवसरमा मन्त्री थापामगरले भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा सर्वसुलभ सेवा प्रवाह गर्ने देशकै नमुना नगरपालिका भन्दै प्रशंसा […]
भक्तपुरका प्रमुख मालपोत अधिकृतसहित दुईजना अख्तियारको फन्दामा
भक्तपुर । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात नियन्त्रणमा लिएको छ। मंगलबार प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् । उनीहरूलाई रु. २४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । भक्तपुरकै चाँगुनारायणको करिब […]
एसएसपी बोगटीको नेतृत्वमा स्पेन भ्रमणबारे छानबिन गर्न समिति गठन, थाल्यो काम
काठमाडौँ । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको बताए। ‘समिति बनेपछि अहिले हामी छलफलमै छौं। काम […]
अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने
काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो । ‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत […]
ओझाको निलम्बनपछि बीमा प्राधिकरणको जिम्मेवारी पोखरेललाई
काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए । प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ […]
अन्तत: घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौँ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए। ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब […]











