नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा

नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]

उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

बुद्धशरण शाही/काठमाडौ । प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको  प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले […]

डिभी भर्ने समय सकियो

अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय सकिएको छ ।  बुधवार राती आवेदन भर्ने म्याद सकिएको हो । नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको ७ नोभेम्बरसम्म आवेदन दिन सकिने ब्यवस्था रहेको बताएको थियो । डिभी अनलाइन बाट भर्ने एक प्रकारको चिठ्ठा हो । डिभी परेमा अमेरिकाले भिषा दिएर आफ्नो देश लैजाने […]

दोलखामा भूकम्प

दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]

भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]

उडान समय छोटिएपछि बुद्ध एयरको उडान निर्देशिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत […]

ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर

गण्डकीमा पटक पटक मन्त्री भएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो […]

बक्यौता उठाउने विषयमा कुलमानलाई बिपक्षी बनाई हालिएको रिट सर्वोच्चद्वारा खारेज

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाइ हिमाल आइरन एण्ड स्टिल प्रालिले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज हुने […]

चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक, उत्कृष्ट पाँच पुरस्कृत

“चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ […]