काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् । सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ। छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी […]
फ्लास न्यूज
कात्तिक २० मा विप्लवले शक्ति प्रदर्शन गर्ने
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते राजधानी काठमाडौंमा ठूलो प्रदर्शन र सभा गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि देशभर तीव्र बनेको राजनीतिक परिस्थितिसँग सम्बन्धित धारणा आम जनतामाझ स्पष्ट पार्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको नेकपाले जानकारी दिएको छ। नेकपाका महासचिव विप्लवले सोमबार बिहान आफ्नो फेसबुकमा स्टाटस […]
अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]
निर्वाचन आचारसंहिता लत्याउदै ३६ सिडिओको सरुवा
काठमाडौ । गृह मन्त्रालयले तीन दर्जन सिडिओको सरुवा गरेको छ । जेन-जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले नियमविपरीत ३६ जिल्लाका सिडिओ सरुवा गरेको हो । निर्वाचन आचार संहिता अनुसार निर्वाचन घोषणा भएपछि कर्मचारीको सरुवा गर्न नपाइने नियम भएपनि गृहले त्यसलाई लत्याएर ३६ जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरेको हो । कतिपय जिल्लामा दुई महिना पनि नपुग्दै […]
१ करोड १० लाख ७० हजार र गरगहनासहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति […]
अन्तरिम सरकारमा थपिए दुई मन्त्री
काठमाडौ । प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा दुई मन्त्री थपिएका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी हुन् । उनीहरू दुबै जनालाई राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले आइतबार अपराह्न सपथग्रहण गराएका छन् । शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले […]
मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान
भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ। सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको […]
क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै
काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ। लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै […]
भाइटीकासंगै सकियो तिहार
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया र शुभकामनाको प्रतीकका रूपमा भाइटीका पर्व देशभर उल्लासपूर्वक मनाइएको छ। कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीका पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरङ्गी टीका, मखमली र सयपत्री माला सहित पूजा गरेर टीका लगाइदिए। उनीहरूले दाजुभाइको सुखशान्ति, सुस्वास्थ्य […]
पेस्तोल र पौने पाँच लाख नगदसहित २३ वर्षीय युवक पक्राउ
ललितपुर । ललितपुर प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार खोटाङको साकेला गाउँपालिका–०१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो। स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला […]











