विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका–७ स्थित क्षेत्रमा गरिएको अपरेसनका क्रममा ९२२ किलो गाँजासहित एक पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग तथा बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति उक्त गाँजा बरामद गरेको जनाएको छ। […]
फ्लास न्यूज
लप्से खोलाको पहिरोले दिक्तेल–चखेवा सडक बन्द, यातायात सेवा प्रभावित
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङको दिक्तेल–चखेवा सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ अन्तर्गत बुवासुङ र लामीडाँडालाई जोड्ने लप्से (पंखु) खोलाको आसपासको क्षेत्रमा गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको स्थानीयवासीले बताएका छन्। स्थानीय शिक्षक दिलीपचन्द्र राईका अनुसार जेठ २७ गते राति लामीडाँडाको ढाँडखर्कस्थित गोपिनी नायपा सामुदायिक वन क्षेत्रबाट […]
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको […]
रास्वपा बागमती प्रदेश अधिवेशन अस्थायी स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो । मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । […]
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री डा.वाग्लेले भने, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “ […]
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो। सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक […]
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको […]
महावीर पुन पुनः मन्त्री बन्ने
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। प्रधानमन्त्री सचिवालय श्रोतले पुन मन्त्री बन्न लागेको पुष्टि गरेका छन्। श्रोतका अनुसार पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पुन यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीका […]
क्रिटिक्स फिल्म अवार्डमा भूठानको वर्चस्व
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपालले सार्वजनिक गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजामा भूठानले वर्चस्व बनाएको छ । चलचित्र भूठानले तीन प्रमुख विधामा उत्कृष्ट नतिजा निकालेको हो । समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिनाले जनाए अनुसार ‘भूठान’ बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता, सुशन प्रजापति उत्कृष्ट दृश्य संयोजक तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक घोषित भएका छन्। […]
१० अर्ब आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्दै सरकार
काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले […]











