श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् । श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ […]

श्रीलंका नजिक इरानी युद्धपोतमा पनडुब्बी हमला, दर्जनौँ घाइते र बेपत्ता

कोलम्बो/तेहरान । अमेरिका, इजरायल र इरानबिच चलिरहेको युद्धको आज पाँचौँ दिन श्रीलंकाली तट नजिक एक इरानी युद्धपोतमा पनडुब्बीमार्फत हमला भएको छ । श्रीलंकाली नौसेनाका अनुसार जहाजबाट केही शवहरू फेला परेका छन् । यो हमलामा ३२ जना घाइते भएका छन् भने धेरै व्यक्ति बेपत्ता रहेको बताइएको छ ।  घटनापश्चात् समुद्रमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको […]

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच कुरा भएको छ । त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् । सरकारले बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा एकै चरणमा चुनाव गराउँदैछ। मौसमले पनि […]

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

काठमाडौं । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त […]

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको […]

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् । ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत […]

मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।  भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च […]

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही […]

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । उनको अभिव्यक्ति र […]

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् । करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा […]