राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए। उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको अध्यक्ष बनेको र यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए। उज्यालो नेपालको केन्द्रीय समिति […]
फ्लास न्यूज
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।’ उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् […]
एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ । बैठक आज एकै दिनमा […]
राष्ट्रपति पौडेल भेट्न कांग्रेस सभापति देउवा शीतल निवासमा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटघाटको विषय के हो भन्ने खुलेको छैन । कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि […]
देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका […]
राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम भोलि उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ […]
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् छलफलका एजेन्डा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले […]
इडेन गार्डेनको खेलकुद उत्सव सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्लिस स्कुल मा “इडेन वार्षिक खेलकुद उत्सव–२०८२” सम्पन्न भएको छ। पुस २० गतेदेखि सुरु भएको खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह–प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यतालिकाअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई केन्द्रमा राखी […]
प्राडा मानन्धरको अध्यक्षतामा पेसोनमा नयाँ नेतृत्व
काठमाडौं । गर्भवती महिला तथा नवजात शिशु समाज (PESON) ले प्रा.डा.सुनिलराज मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनी प्रा.डा.आस्मा राणा नेतृत्वको अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । प्रमुख निर्बाचन अधिकृत प्रा.डा.मोदनाथ मरहट्टाका अनुसार प्राडा मानन्धर नेतृत्वको कार्यसमितिमा प्रा.डा.सुशिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र प्रा.डा.कल्पना उपाध्याय सुबेदी उपाध्यक्ष निर्वाचित भएका छन् । […]
रास्वपा सँगको एकतापछि उज्यालो नेपाल पार्टीभित्र आन्तरिक कलह सुरू
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता घोषणालगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरू भएको छ। विशेषगरी संघीयता र धर्मनिरपेक्षता जस्ता गम्भीर सैद्धान्तिक मुद्दामा सहमति जुट्न नसकिरहेका बेला पदीय भागबण्डा र पूर्वसहमति उल्लंघनको विषयले विवाद थप उत्कर्षमा पुगेको हो। उज्यालो नेपालका नेताहरूले रास्वपाको नेतृत्व तहले गरेको व्यवहारलाई ‘अपमानजनक’ […]











