प्रसाईं लगायत ७ लाई पुर्पक्षका लागि थुनामा पठाइयो, ३२ रिहा

काठमाडौ । चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोप लागेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति उक्त आदेश दिएको हो। प्रसाईका कानुन ब्यवसायी स्वागत नेपालले अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएपनि प्रसाईको क्यान्सर उपचारलाई ध्यानमा राख्दै सम्बन्धित […]

लन्डन हिडेको खुशी केहीछिनमै खोसियो, विमान दुर्घटनामा परिवारका पाँचैजना रहेनन्

काठमाडौ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा लन्डन बस्न हिडेका डाक्टर पतिपत्नी र उनीहरूका ३ छोराछोरी सहित पाँचै जनाको ज्यान गएको भारतीय समाचार पोर्टल अमरउजालाले जनाएको छ । समाचार अनुसार राजस्थानको बाँसवाडा जिल्लामा बसोबास गर्ने जोशी परिवारले लन्डनको नयाँ यात्रा सुरु गर्न लाग्दा एक दर्दनाक विमान दुर्घटनाले उनीहरूको जीवन समाप्त गरिदिएको हो । अहमदाबादबाट लन्डन […]

अहमदाबाद विमान दुर्घटना : भारतका गृहमन्त्री अमित शाह घटनास्थल पुगे

काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]

मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]

मधेश प्रदेशका सांसद अख्तियारको फन्दामा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम अनियमित रूपमा खर्च गरी कमिसन बुझेको प्रमाण फेला परेपछि आयोगको टोलीले उनलाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो। यसअघि आयोगले सिंहका स्वकीय सचिवलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ

वीरगन्ज । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै कालोमोसो प्रहार गरिएको छ। पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका नेताकार्यकर्ताले इजलासमै पुगी कालोमोसो प्रहार गरेका हुन् । उक्त आक्रमण घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सोही पार्टीका सर्लाही […]

मध्यपुर थिमि एलोपेथी, आयुर्वेद र होमियोप्याथी सेवा दिने देशकै पहिलो पालिका

  भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ ।   वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्।   […]

गोल्डेन सुनगाभामा विद्यालयस्तरीय निर्वाचन सम्पन्न : हेड बोय देखि बाल सांसदसम्म चयन

भक्तपुर । भक्तपुरको चाँगुनारायण -२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस् बोडिङ स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै मंगलबार निर्वाचन सम्पन्न भएको हो । मतदानमा विद्यालयका कक्षा ३ देखि १० सम्म अध्ययनरत ५ सय ४५ मतदाता रहेका थिए । मंगलबार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा […]

टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा मास्के

काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो। पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर […]

काठमाडौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनालाई मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सामाखुसी करिडोर अन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले परियारसहित अन्य पदाधिकारीहरूलाई मुद्दा हालेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनीसँगै मुद्दा पर्नेको सूचीमा बोलपत्र मूल्यांकन […]