काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक […]
फ्लास न्यूज
विभागसंग सहमति भएसंगै देशभरका भन्सार कार्यालय तत्काल खोलिने, एजेन्टहरू काममा फर्किने
काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ। भन्सार ऐनको उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको […]
एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना […]
नवलपरासीका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ, प्रहरीमै कार्यरत दोस्रो पत्नी फरार
बुटवल । पूर्वी नवलपरासीमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा नेपाल खनालले दिएको उजुरीपछि रूपन्देही प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार जाहेरी परेपछि डिएसपी नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए। अदालतबाट तीन दिनको म्याद थपिएपछि अहिले उनीमाथि […]
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर […]
नेपाली विद्यार्थीको मृत्यु भएको ‘हिट एन्ड रन’ घटनामा तानिए बेलायती र्यापर ‘घेट्स
काठमाडौँ । बेलायतमा ‘हिट एन्ड रन’ मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा ‘घेट’ नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८ तारिखको राति साढे ११ बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर […]
हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णय कानुनविपरीत भएको […]
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, कार्कीले भनिन्, ‘जब कुनै […]
कालीमाटी तरकारी–फलफूल बजारमा आजको मूल्य दर
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]
शिक्षकप्रतिको सम्मान, बिदाईमा हेलिकप्टर चार्टर
गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो । ३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले […]











