काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ […]
फ्लास न्यूज
ओलीको प्रश्न – दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए । हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो […]
विप्लव र मिराज ढुंगानाबिच भयो ४ बुँदे सहमति
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो । नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल […]
गगनको दस्ताबेज बुझेपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले के भने ?
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् । कानुनले तोकेको मितिभित्र छिट्टै निरुपण हुन्छ । कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म चयन भएका गगन थापाले बिहीबार निर्वाचन आयोग पुगेर माघ ३ गते शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउन आग्रह गरेका थिए । थापा नेतृत्वको […]
सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्। ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन […]
गगन थापाको नेतृत्वमा बन्यो निर्वाचन घोषणापत्र समिति, अद्यावधिकका लागि पुग्यो आयोग
काठमाडौँ । विशेष महाधिवेशनपछि बसेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति निर्माण गरेको छ । सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको हाे । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत […]
फागुन २१ को चुनाव नलड्ने पूर्वमन्त्री हृदयराम थानीको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् । तर, […]
गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक जारी
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक जारी छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको […]
घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ। उक्त दिन सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ। […]
आज निर्वाचन आयोग जाँदै कांग्रेसको विशेष महाधिवेशन पक्ष
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार ललितपुरको कुपन्डोलमा बस्ने भएको हो । बैठक केहीबेरमा बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ । नेपाली कांग्रेसले […]











