मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो । यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए । साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे । […]

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ। बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए। तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा […]

प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा आफ्ना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रष्टाचारको कसूरमा अनुसन्धान भए/नभएको विषय स्वघोषणामा उल्लेख गर्न लागिएको बताए। ‘यो व्यवस्थाले उम्मेदवारलाई नैतिक जिम्मेवार बनाउन आयोगले राख्न लागेको हो,’ भट्टराईले भने, ‘मनोनयनपत्र दर्ता गर्दा यो स्वघोषणा साथै […]

रिहा भएपछि रविले भने – न्यायको लडाईं बाँकी छ, सबको हिसाब गर्नु नै छ

टवल । रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाईं बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए । ‘न्यायको यो लडाईं मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले […]

रास्वपा सभापति रवि लामिछाने रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले […]

सरकार र जेनजीबिच भएको सम्झौताविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबिच भएको सम्झौताविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो । सरकार र जेनजीबिच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताविरुद्ध अधिवक्ताहरू […]

डिभीमार्फत अमेरिका छिरेका व्यक्तिले गोलीकाण्ड मच्चाएपछि ट्रम्पले स्थगित गरे चिठ्ठा कार्यक्रम

काठमाडाैँ । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्। आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको पुष्टि गर्दै उक्त कार्यक्रमका कारण अमेरिकी सुरक्षामा खतरा पुगेको दाबी गरेकी छन्। विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले […]

जेनजी आन्दोलनका घाइतेलाई अवस्था र गम्भीरताका आधारमा निर्वाह भत्ता दिइने

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका […]

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

बुटवल । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेका कारण विमान अवतरण हुन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन्। बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुल्दा काठमाडौँमै बस्न बाध्य भएका हुन्। फस्ट फ्लाइटमार्फत उनलाई रुपन्देही ल्याउने तयारी भए पनि हुस्सुका कारण उडान ढिलाइ भएको उनका स्वकीय सचिव अविनाश आचार्यले […]

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । अहिले पनि उनको उपचार जारी […]