सुन चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेको हो। त्यसैगरी, […]

जनकपुरमा आज चुनावी सभा गर्दै कांग्रेस, त्यहीँबाट प्रतिज्ञापत्र सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा […]

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा […]

रास्वपा संस्थापक मधेस सभापति ममता शर्माले त्यागिन् पार्टी, यस्तो छ कारण

काठमाडौँ । रास्वपा मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् । ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई […]

झापा ५ का लागि ओलीले सार्वजनिक गरेको ४२ बुँदे प्रतिबद्धता पत्रमा केछ ?

दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ। प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ। जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ। राजनीतक […]

पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नेकपाले भनेको ६ बुँदामा के-के भन्यो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी निर्वाचन र यसको तयारीबारे पार्टीको धारणा सार्वजनिक गरेको छ। उक्त पत्रकार सम्मेलनमा नेकपाले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा अडान लिइँदै आएको र अहिले आएर यो निर्णय वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको बताएको छ। सबैको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको […]

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका […]

सेवा सुविधा थोरै भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित, घेरे जिल्ला प्रशासन कार्यालय

हुम्ला । सेवा–सुविधा थोरै भएको भन्दै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर आफ्नो माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधाको विषय उठाएर नाराबाजी गरिरहेको जानकारी दिँदै त्यसबारे बुझ्ने काम भइरहेको बताए। ‘म निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ […]

पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी […]

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस् – राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध […]