काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्। प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीले बताएका छन्। ‘आयोगले छानबिन […]
फ्लास न्यूज
दक्षिण अफ्रिका : रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि […]
गगन थापाको दावी : भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’ का रूपमा चित्रित गरे। भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ता सडकमा उत्रँदा भएको घटनामा धेरै युवाले ज्यान गुमाउनु परेको […]
आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले […]
शैक्षिक हडतालका कारण काठमाडौँ उपत्यकाका कतिपय विद्यालय बन्द
काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत जारी गर्दै पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपाल नामक संगठनले शैक्षिक हडतालको घोषणा गरेपछि यसको असर काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक […]
पार्टी कार्यालयमा सम्बोधन गर्दै रवि लामिछानेले के-के भने ? पूर्णपाठसहित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्याएका छन् । ‘निर्वाचनमा जानुको विकल्प छैन […]
फेसबुकबाट बालिकासंग साथी बनी साइबर अपराध गर्ने युवक समातिए
काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो […]
रास्वपा सभापतिकै रुपमा सक्रिय भए रवि, बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ । जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए […]
ईशानको रहस्यमय मृत्यु, दोषी पक्राउको माग गर्दै रुपन्देहीमा प्रहरी कार्यालय घेराउ
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शंकास्पद मृत्युले आक्रोश चुलिँदै गएको छ। घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्। तीन दिनअघि घर नजिकै नालीमा मृत अवस्थामा भेटिएका ईशानको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूह […]
हतियारसहित भारतीय सुरक्षाकर्मी बर्दीमै जबर्जस्ती नेपाल प्रवेश गरेको खुलासा
काठमाडौँ । पर्सा जिल्लामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ प्रवेश गरेको घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ भित्र प्रवेश गरेको जानकारी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दिएका छन्। अध्यक्ष चौहानका अनुसार भारतीय सुरक्षाकर्मीहरू शुक्रबार हतियारसहित गाडी लिएर नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीयले अनुमति बिना किन नेपाल प्रवेश गरिएको हो भन्ने […]











