प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम […]

पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानी प्रवाह मापन गरिएको थियो। आज (सोमबार) बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनका अनुसार […]

आज प्रतिनिधिसभाको बैठक बस्ने, यस्तो छ कार्यतालिका

काठमाडौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यस्तै, संघीय संसद्का महासचिवले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९” मा राष्ट्रपति […]

भक्तपुर पढ्न सहसचिवहरुको भ्रमण

भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् ।  स्थानीय सरकारको नेतृत्व, सेवा प्रवाह र समन्वयबारे बुझ्न उनीहरू स्थलगत भ्रमणमा आएका हुन् ।  सो अवसरमा ‘परिवर्तनको लागि नेतृत्वको भूमिका: स्थानीय सरकारसँग साक्षात्कार’ शीर्षकमा अन्तरक्रिया कार्यक्रममा समेत उनीहरू सहभागी भए । अन्तरक्रियामा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको […]

निर्मला पन्तको घटना नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल […]

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज […]

ऐना पहराबाट हेर्दाहेर्दै खस्यो यात्रुबाहक बस

तनहुँ । गोरखा-चितवन चल्ने यात्रुबाहक बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा क्षेत्रमा आज दिउँसो दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा हेर्दाहेर्दै खसेको हो । बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए। बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर पछाडि सदै सडकबाट केही […]

ज्यान लिएर फरार पिकअप र चालक पक्राउ

बारा । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र  फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक  मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र […]

राहत प्याकेज बिना संकटग्रस्त क्षेत्र घोषणा सरकारको नालायकी : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।  बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित […]

मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको छ । प्रदेश प्रमुख देवकोटा हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उहाँ समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा […]