काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको […]
फ्लास न्यूज
गोली चलाएर प्रहरीले काठमाडौंको मुलपानीबाट समात्यो १० लुटेरा
काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर […]
अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । […]
काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु-कुहिरो, हवाई उडान प्रभावित
काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, वनेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् । जल तथा मौसम […]
ओलीले फेरि भने- भदौ २३ को आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते जेन- जी प्रदर्शनमा गोली चलाउने आदेश नदिएको दोहोर्याएका छन्। बुधबार केही दिनदेखि तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूले नै गोली चलाउन आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको भन्दै उनले उक्त कुरा पुन दोहोर्याएका हुन्। ‘संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबिसै घण्टा हतियारसहित कमब्याट […]
सोमबार पानी पार्ने अर्को प्रणाली आउने मौसमविदको प्रक्षेपण, कस्तो छ आजको मौसम ?
काठमाडौँ । मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा भयो। बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन। अहिले बिहान कोशी, बागमती, […]
बाबुछोराको झगडा छुट्याउनेक्रममा छिमेकीको गयो ज्यान
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबुछोराबीचको झगडा छुट्याउने क्रममा एक जनाको ज्यान गएको छ। घेवारचौरस्थित ५२ वर्षिय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षका कुन्सा ग्याल्जेन शेर्पाबीच विवाद बढेपछि छुट्याउन गएका छिमेकी ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार बिरामी आमाको अवस्था बुझ्न पुगेका तामाङले सोही […]
संघीयता खारेजीसहितको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर […]
अस्पतालले भन्यो- रवि लामिछानेको भनेर सार्वजनिक भएको फोटो नक्कली
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगायतमा रास्वपा सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने फोटो छरपस्ट देखिन्छ। सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्। तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ। सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको […]
एनसिपी अध्यक्ष अजित पवारसहित ५ जना सवार थिए विमानमा, सबैको मृत्यु
काठमाडौँ । भारत पुणेको बारामतिमा जहाज दुर्घटना भएको विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जना सवार रहेको खुलेको छ। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परी उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको छ। ६६ वर्षीय पवार नेश्नलिस्ट कंग्रेस पार्टी (एनसिपी) का अध्यक्ष पनि हुन्। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री देवेन्द्र फडनविससँग […]











