११ कक्षामै कानूनको पढाई

काठमाडौँ, ११ साउन । संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद […]

आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित

कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका इन्जिनियर देव अख्तियारको फन्दामा

काठमाडौं, १० साउन । काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेका शिक्षा विकाश तथा  समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र भोजपुर इकाइका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले पोलेपछि सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा कार्यरत इन्जिनियर दिपेन्द्र कुमार देवसमेत अख्तियारको फन्दामा परेका छन् । उनको अनियमितताको विषयमा ननस्टपखबरले पटक पटक समाचार प्रकाशित […]

महिनावारीका बेला विद्यालय जान नसक्ने बाध्यता

नेपालगञ्ज, १० साउन । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले […]

पुल नहुँदा ५० बढी विद्यार्थी पढाइ छोड्न बाध्य

परासी, १० साउन । वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् । हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ […]

चौतारामा बहुप्राविधिक शिक्षालय स्थापना

मेलम्ची, १० साउन । प्राविधिक शिक्षा आर्जन गर्न विभिन्न प्रविधिक शिक्षालय धाउन बाध्य चौतारा साँगाचोकगढी नगरपालिकालगायत आसपासका विद्यार्थीलाई अब अन्त धाउन नपर्ने भएको छ । जनयुद्धका शहीद कमल शर्मा ९दिनेश० र गोविन्द बजगाईं ९रामजी० को नामबाट चौतारामै दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएपछि विद्यार्थी यस्ताखाले झन्झटबाट मुक्त भएका हुन् । आफ्नै क्षेत्रमा आफ्नै घरको रुखोपिठो […]

कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह जाग्यो

बाजुरा, १० साउन । दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् । बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक […]

स्वास्थ्यतर्फ १८ महिने टिएसएलसीमा भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । अन्ततः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि)ले स्वास्थ्य तर्फको १८ महिने टि एसएलसीमा भर्ना खुलाएको छ । बिहिवार सिटिइभिटिले सिएमए, अनमि, ल्याव असिस्टेनलगायतमा भर्ना खुलेको सूचना जारी गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य तर्फका १८ महिने कार्यक्रम ऐन लागुहुनसाथ बन्द गरिने उल्लेख छ । जसले गर्दा सिटिइभिटिले स्वास्थ्य तर्फका १८ […]

एसईई पूरक परीक्षामा ग्रेड वृद्धिका लागि सबै सहभागी हुन पाउने

९ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तीन साता बाँकी रहँदा सरकारले सबै विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुनसक्ने निर्णय गरेको छ। अघिल्लो वर्षसम्म दुई वा कम बिषयमा सी वा कम ग्रेड ल्याउने विद्यार्थीहरू मात्रै पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो। गत वर्ष एसईईमा सहभागी चार लाख ७५ हजार विद्यार्थीमध्ये झण्डै […]

सुप विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

९ साउन, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर झण्डै तीन महिनादेखि ठप्प रहेको छ । तीन महिना अघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । विश्वविद्यालयमा तालाबन्दी भएपछि कामकाज भने त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट हुने गरेको छ । विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन हुने गरेको […]