लमही, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए । “कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पूरा भएको छ, […]
शिक्षा
रसुवामा चार विद्यालय भवन निर्माण
रसुवा, १६ भदौ । विद्यालय सुधार कार्यक्रमअन्तर्गत यहाँको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ । उक्त विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा १० करोड ३७ लाख ९७ हजारको लागतमा निर्माण भएको हो […]
किन निःशुल्क हुन सकेन सरकारी शिक्षा ?
तुलसीपुर, १६ भदौ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने […]
विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध
कावासोती, १५ भदौ । स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर […]
शिक्षण सिकाइ सुधार्न प्रविधियुक्त पुस्तकालयको प्रयोग गरिने, राष्ट्रिय पुस्तक नीति अन्तिम चरणमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति छिट्टै मन्तिपरिषद्मा लगिने बताएका छन् । कानून र अर्थमन्त्रालयबाट स्वीकृती पाइसकेको खुलासा गर्दै मन्त्री पोखरेलले मस्यौदालाई अन्तिम रुपदिने काम भइरहेको स्पष्ट पारेका हुन् । बाह्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रिय पुस्तक नीति लागु भएपछि नेपालको पुस्तकालय तथा पुस्तक […]
पढ्न नपाएका महिलाका लागि खोलिएको ज्ञानज्योतिमा शिक्षामन्त्री पोखरेल र युवा नेता गगन थापाको जम्काभेट
काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]
व्यावसायिक एवं रोजगारमूलक शिक्षालाइ प्रवर्द्धन गर्ने गरी नयाँ शिक्षा नीति ल्याएको शिक्षामन्त्रीको दावी
काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]
विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य, पूरा होला त?
काठमाडौँ, १४ भदौ । विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान […]
विद्यालयमा झडप भएपछि परीक्षा नै रोकियो
सर्लाही । दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ । सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थियो । मंगलबार पुनः तनाव भएपछि विद्यालयको पहिलो त्रैमासिकपरीक्षा रोकिएको हो । विद्यालयमा सुरक्षाकर्मी […]
एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै
मकवानपुर, १३ भदौ । प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ । प्रत्येक स्थानीय तहमा […]











