संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, ९ कार्तिक । संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तरराष्ट्रिय सम्मेलन आज यहाँ सम्पन्न भएको छ । ‘क्रोधरहित संसार’ संस्था, ग्लोबल पिस फाउण्डेशन नेपाल र समृद्धि कलेजद्वारा संयुक्त रुपमा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित संयुक्त राज्य अमेरिका, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा संवेगात्मक साक्षरता र विश्व […]

काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]

दिइएको छात्रवृत्तिमा पनि यस्तो राजनीति, छात्रवृति कानूनको कार्यान्वयन नहुनुको रहस्य

काठमाडौँ, ९ कात्तिक । संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महीनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था […]

गुण्डा लगाएर विद्यार्थी कुट्नेसँग प्रधानमन्त्रीले साँठगाँठ गरेपछि विप्लव पुत्र प्रकाशको नेतृत्वमा विद्यार्थी उत्रिए आन्दोलनमा

काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति […]

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित

मुग्लिन, ८ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् ।  गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा […]

छात्रवासमा आश्रित बालक पढाइसँगै ‘साख‘ सिक्दै

धनगढी,७ कात्तिक । धनगढीको मध्यक्षेत्र हुँदै बग्ने कैलाली खोला छेउमा रहेको भवनको भूइँतलाका कोठामा लस्करै राखिएका पलङ । पलङमा आर्थिक अवस्था कमजोर भएका र अभिभावकबिहीन भएका बालकहरु पढाइमा व्यस्त भएको भेटिन्छन् ।यो भवनमा केही वर्षदेखि आमाको माया छात्रवास सञ्चालनमा छ । छात्रवासमा आश्रित बालक आफ्नो तालिकाअनुसार पढाइ लगायतका कर्ममा नियमित व्यस्त हुने गर्छन् । सानै […]

शैक्षिक पूर्वाधार विकासमा अम होंङ गिल फाउण्डेशन क्रियाशील

 काठमाडौँ, ७ कात्तिक । नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले आफ्नो स्थापनाको एक दशक पार गरेको छ । सो अवधिमा फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको जीर्ण संरचनाको पुनःनिर्माण तथा शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आएको छ । फाउण्डेशनले शैक्षिक पूर्वाधार […]

भौतिक शास्त्रमा कुँवरको अर्को सफलता

गलेश्वर, ६ कात्तिक । मानौं तपाई स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर, चौँथो एक सेकेन्डमा ४८ मिटर र पाँचौ एक सेकेन्डमा ६० मिटरदुरी पार गर्न पुग्छ । यतिबेला उक्त मोटरसाइकलको औसत गति कति […]

सामुदायिक विद्यालय प्रविधिमैत्री हुँदै

 खलङ्गा, ६ कात्तिक । जुम्लाका सिंजा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिंजा गाउँपालिका–६ मा रहेको माध्यमिक विद्यालयहरुले डिजिटल हाजिरीको शुरुआत गरेका छन् । गत वर्षको ज्येष्ठ महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका […]

छात्राहरु अहिले कक्षा टुटाउँदैनन्

बेझाड, पाल्पा, ६ कात्तिक । रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच/सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न लाज मान्ने उनीहरू घर फर्कन विभिन्न बहाना बनाउँथे । यसको कारण हो – विद्यालयमा छात्रामैत्री शौचालयको अभाव । सिधै शिक्षकसामु आफ्ना […]